वीरेन्द्रनगरका वडा नं. ३, ४ र १२ कोरोनाको उच्च जोखिममा

तीन वडामा संक्रमण शुन्य

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन यतिबेला कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । १६ वडामध्य तीन वटा वडामा संक्रमण एक्काशी बढेको छ भने तीन वडामा शुन्य छ ।

बिहीबारसम्म नगरपालिकामा कूल २१९ जनामा कोरोना संक्रमण भएको तथ्याङ्क नगरपालिकासँग रहेको छ । वडा नम्बर ३, ४ र १२ मा पछिल्लो समयमा कोरोना भाइरस व्यापकरुपमा फैलिएपछि अति जोखिममा परेको छ ।

वडागत तथ्याङ्क
वडा नम्बर १ : १९ जना
वडा नम्बर २  : १५ जना
वडा नम्बर ३ : ३२ जना
वडा नम्बर ४ : २६ जना
वडा नम्बर ५ : ७ जना
वडा नम्बर ६ : १० जना
वडा नम्बर ७ : ८ जना
वडा नम्बर ८ : १२ जना
वडा नम्बर ९ : १३ जना
वडा नम्बर १० : २१ जना
वडा नम्बर ११ : १५ जना
वडा नम्बर १२ : २८ जना
वडा नम्बर १३ : १३ जना
वडा नम्बर १४  : ०
वडा नम्बर १५ : ०
वडा नम्बर १६  : ०
कुल २१९ जना (स्रोत : वीरेन्द्रनगर नगरपालिका, स्वास्थय शाखा)

 

तपाईको प्रतिक्रिया