
सुर्खेत । विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यन्न सहयोग गर्न थालिएको छ ।
भोकविरुद्धको सहायता अभियान नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यन्न वितरणको कार्य शुरु भएको सकरात्मक सोच तथा जीवन रुपमान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले जानकरी दिए ।
डिसहोम लगायतका सहयोगीदाताको पहलमा सहयोग जुटेपछि जाजरकोटमा यो अभियान शुरु भएको हो । निम्न आर्थिक अवस्था र प्रकोपमा परी समस्यामा परेका नागरिकलाई सहयोग गरेको डिसहोमका प्रतिनिधि बसन्तप्रसाद शर्माले बताएको खवर हाम्रो अखवार दैनिकमा प्रकाशीत छ ।

नेपालीरैबार । २०७७ भाद्र २०, शनिबार