कर्णालीमा कोरोना कहर : सरकारी कार्यालयमा बढ्दो जोखिम

सुर्खेत । कर्णालीमा दिन प्रतिदिन फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिम सरकारी कार्यालयहरुमा धेरै देखिएको छ । धेरै भीडभाड हुने कार्यालयहरु मन्त्रालय, अदालत, अस्पताल तथा स्वास्थ्य कार्यालय, मालपोत लगायतका ठाउँमा जोखिम बढ्दै गएको हो ।

बढ्दो जोखिमको असर दिन प्रतिदिन देखिरहेको छ । कार्यालयमा काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सवारी चालकहरुमा संक्रमण दिन प्रतिदिन देखिरहेको छ । संक्रमणको जोखिम बढ्दै गएपछि कतिपय कार्यालयहरुले प्रवाह नै बन्द गरेका छन् भने कतिपयले फरक तरिकासमेत अपनाएका छन् ।

कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अत्यावश्यक सेवाहरु बन्द गरेको छ भने मन्त्रालयका मन्त्री नरेश भण्डारी तथा अन्य कर्मचारीहरु समेत आइसोलेसनमा बसेका छन् ।

यस्तै, जिल्ला अदालत सुर्खेतले अर्को सूचना जारी नहुञ्जेलका लागि सेवा बन्द गरेको खवर हाम्रो नयाँ नेपाल दैनिकमा प्रकाशीत छ ।

तपाईको प्रतिक्रिया