प्रधानाध्यापक छान्न परीक्षा

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयमा प्रधानाध्यापक छान्न परीक्षा लिएको छ । नगरपालिकामा रहेका ३७ विद्यालयमध्य ३० विद्यालयमा प्रधानाध्यापक छनोट भइसकेका छन् । बााकी विद्यालयका लागि प्रधानाध्यापक छनोट कार्य चलिरहेको छ ।

न्गरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीकाअनुसार परीक्षमा ८ जनालाई वैकल्पिक सूचीमा राखिएको छ ।

उनीहरुलाई अन्य विद्यालयमा जानसक्ने गरी निर्णय भएको उनले बताए । नगरपालिकाले साउन २ गते प्रधानाध्यापक छनोटका लागि सूचना आह्वान गरेको थियो ।

विद्यलाय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रधानाध्यापक छनोट गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ । हाम्रो अखबार दैनिकमा समाचार प्रकाशीत छ ।

तपाईको प्रतिक्रिया