सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र उद्योग संचालनका नाममा जग्गा लिने र उद्योग संचालन नगर्नेहरुका कारण वास्तविक उद्योगी, व्यवसायीले उद्योग सञ्चालन गर्न सकेका छैनन् । यसमा अझैपनि सरकारी जग्गामाथि नियमनकारी निकायको ध्यान पुगेको छैन् ।
२०३८ सालमा स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रको ९० रोपनी क्षेत्रफलमध्ये झण्डै ६८ रोपनी उद्योग सञ्चालन गर्नमा लिजमा दिइएको छ । दर्ता भएका २७ वटा उद्योगमध्य २३ उद्योग मात्रै सञ्चालनमा छन् भने, चार वटा उद्योग बन्द रहेका छन् ।
दुईओटा निर्माणाधिन अवस्थामै अलपत्र रहेको छ । जो अहिलसम्म सञ्चालनमा आउने छाँटकाँट नै छैन् । कार्यालयले लिजमा दिनका लागि बाँकी जग्गा नभएको जनाउँछ भने, अर्कोतिर कार्यालयले उद्योग सञ्चालनका लागि ४० वर्षसम्मका लागि जग्गा भाडामा दिने र उद्योग सञ्चालनका नाममा जग्गा आगटेर राख्ने हुँदा वास्तविक उद्योगी, व्यवसायीहरुले भने स्थापन पाउन सकेका छैनन् । उद्यमी भानुभक्त खड्काले कर्णालीमा उद्योगहरु विस्तारको लागि समस्या देखिएको बताउँछन् । सुर्खेतपत्र दैनिकमा समाचार प्रकाशीत छ ।
नेपालीरैबार । २०७७ भाद्र २३, मंगलवार