सबै मिले कोराना संक्रमण रोक्न सकिन्छ

सन् २०१९ काे डिसेम्बरबाटै चिनको वुहान प्रान्तमा कोराना संक्रमण बढिरहेको थियो। मृत्यु हुनेको संख्या पनि क्रमश बढ्दै थियाे । युरोप तथा अमेरिकामा पनि यसकाे असर पर्न थालिसकेको थियोे। जसले नेपालमा पनि कोराना संक्रमणको त्रास फैलदै थियो । त्यही समयमा तिला गाउँपालिकाले कोराना संक्रमणको राकथाम तथा नियन्त्रणको लागि सचेतना अभियान चलायो । जसको नेतृत्वमा म आफैले गरेकी थिए ।

६ जनाको समुहमा सचेतना फैलाउन तिलाका ३१ गाउँका ३४ बाडा सम्म पुग्यो। त्यतिबेला देश भित्र र बाहिरबाट कर्णालीबासी घर फर्कनेकाे लहर चलिरहेको थियो । जसका कारण संक्रमणको उच्च जेखिम थियो। भारतमा त्यतिबेला कोराना संक्रमणले बिरामी हुने र मर्ने दर बढ्दै थियो । कामको शिलशिलामा भारत गएर फर्कनेको ठूलाे लर्काे थियाे । यसले पनि समुदायमा त्रास बढेकाे महसुस भयाे ।

भौगोलिक रुपमा अति विकट मानिने यो क्षेत्रमा घुम्न निकै कठिन छ । उकाली ओराली, भिरपाखा छिचोल्दै टोली गाउँमा पुग्यो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका उपाय अबलम्वन गर्न आग्रह गर्‍याे । नियमित रुपमा घरबाहिर निस्कदा मास्कको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्नेदेखि नियमित रुपमा साबुनपानीले हातधुुन भन्यो। हरेक गाउँका, हरेक टोलमा पुग्यो ।

जनता निकै त्रसित भएपनि हाम्रा कुरा सुन्दा सचेत हुँदा समस्या नहुने रहेछ भनी ढुक्क हुँदै पनि थिए। एक ठाउँबाट अर्को ठाउँ जान प्रतिबन्ध थियो । गाउँको केन्द्रमा गएर सामाजिक दुरी कायम गर्दै माइकिङ गर्थ्याैं। जनता सचेत हुन थालिसकेका थिए ।

केही गाउँ सिल गरिएका थिए। गाउँमा हुने सबै प्रकारको चाडपर्व रोकिएको थियो। बाटा, घाटा, पुलपुलेसामा पर्खाला लगाइएको भेटिन्थ्यो । चाडपर्वमा छोरीबहिनीलाई माइती घरमा जान समेत निषेध थियो । आ-आफ्नो वडा र गाउँका आफ्नै खाले नियम थिए । नियममा रहेर गाउँले खेतिकिसानमा लागेका थिए ।

खेलकुद देखि विद्यालय बन्द थिए । त्यो सचेतना ठिक समयमा गरिएको भान अहिले हुने गरेको छ। कोराना भाइरस लाग्ने बित्तिकै मान्छे मर्छ भन्ने डरकाे मनाेविज्ञानले राज गरेकाे थियाे । टोलीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि सहभागि थिए ।

अहिले पनि साविकको मालिकाठाँटा र घोडेमहादेवमा मोटरबाटो पुगेको छैन। हिडेरै एक गाउँदेखि अर्को गाउँ जानु पर्ने बाध्यता छ । जोखिमकाे परिस्थितिमा गाउँमा पुग्दा जनता खुसि देखिन्थे। यो सचेतना अभियान एक हप्ता चल्यो ।

गाउँबाट स्थानीय तहको केन्द्रमा पुग्यौं। भारतबाट आउनेको लहर लाग्न थाल्यो। क्वारेन्टिन निर्माणमा जुटयौं। गाउँपालिकाको सरस्वती मावि कुडारीमा एक सय १० बेडको क्वारेन्टिन बन्यो। यो जिल्लास्तरीय क्वारेन्टिन थियो ।

भैरव आधारभुत विद्यालयमा २० बेड र सीता मावि रारालिहीमा ९५ बेडको क्वारेन्टिन निर्माण गरियो। ती क्वारेन्टिनमा भारतबाट आउनेहरु बसे । क्वारेन्टिन खचाखच बनेपछि घोडेसिम गाउँमा १० बेड, जुम्लाकोटमा ३४ बेड, रासामालापानीमा २० बेड, नाभिडाँडा विद्यालयमा १०, सेतिबाडा माविमा १०, तुहीको विद्यालयमा २१ र कृषि भवन पद्दुमा २० बेडको क्वारेन्टिन बन्यो। स्वदेशभित्रबाट आउनेका लागि भुगेडी विद्यालयमा २० बेडको क्वारेन्टिन बन्यो। यी सबै क्वारेन्टिन भरिभराउ भए। व्यवस्थापन गर्न निकै चुनौति भयो ।

भारतबाट मानिहरु धमाधम आउन थालेपछि कोराना संक्रमण भित्रिन सक्ने खतरा बढ्यो । क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परिक्षण नहुँदा निकै त्रास फैलियो । हरेक क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी थिए। तर सबै क्वारेन्टिनका बसेकाहरुको रिर्पोट नेगेटिभ आयो । गाउँपालिका जोखिममुक्त रहेको आभाष भयो ।

यहाँका हरेक गाउँका हरेक परिवारलाई साबुन, सेनिटाइजर, मास्क दिइयो। गाउँमा जनप्रतिनिधि र कर्मचारी खटिए। क्वारेन्टिनमा बसेकाको व्यवस्थापन र भारतदेखि आउनको व्यवस्थापन गर्नु कम चुनौति थिएन। कामदार अलपत्र परेको भन्दै उद्धार गरेर लैजान फोन गर्थे । भारतबाट आएकाहरु नाकामा अलपत्र परेको भन्दै दुखेसो सुनाउँथे । ‘चाउचाउ खाएर बसेका छौं। जिल्लामा लैजानुस्।’ भनेर भन्थे ।

यो कठिन अवस्थामा पनि एक पाइला पछाडि नसारि खट्याैं । क्वारेन्टिनमा बसेकाहरु, ‘भात राम्रो भएन। चिसो हुन थाल्यो। भात हिलो हुन थाल्यो। नपाकेको दाल दिन थाले,’ भन्दै रातिराति फोन गर्थे। त्यसको तत्काल समाधान खोजिन्थ्यो । लकडाउन भएकोले सहजै रुपमा सवारी साधन सडकमा आउँदैन थिए। आएका सवारीसाधन प्रहरीचौकीमै राकिन्थ्ये। ‘भोक लाग्यो गाडी खुलाइदिनुस्’ भन्दै फोन गर्थे।

गाउँ नजिकै क्वारेन्टिन निर्माण गर्दा रोग फैलने भन्दै गाउँले त्रासित हुन्थे। क्वारेन्टिन नबनाउन आग्रह गर्थे। जिल्ला भित्रिएकाले व्यवस्थापन छिटो गर्न दबाव दिइरहेका हुन्थे।

एक्कासी गाउँपालिका भित्र प्रवेश गरेको मात्र थाहा हुन्थ्यो। जसले व्यवस्थापनमा झनै चुनौति अनुभव हुन्थ्यो। बजारमा दैनिक उपभोग्य बस्तुको हाहाकार हुन थाल्यो। क्वारेन्टिनमा राख्ने सिरक डस्ना समेत भेटाउन हम्मे हम्मे पर्थ्याे ।

एकातर्फ मापदण्ड अनुसारको क्वारेन्टिन हुन नसकेको भन्दै विरोध भइरहेको थियो भने अर्को तर्फ क्वारेन्टिन व्यवस्थापनमा निकै चुनौति थियो। निकै चुनौतिका बाबजुद सबै व्यवस्थापन गर्न भने सक्यौं। जनताले दिइएको जिम्मेवारी कठिन समयमा गर्न सकिएको अनुभुति भइरहेको छ।

धेरैले ‘गाउँमा नपस्नुस्। होम क्वारेन्टिनमा बस्नुस्’ भने। तर मैले मानिन। जनताको जनमतलाई कदर गर नागरिक सचेत बनाउनु कर्तव्य ठाने। त्यसबेला म सकेसम्म सुरक्षा सावधानी अपनाइरहेकी थिए। गाह्रो, साह्राे परेको बेला मैले साथ दिनुपर्छ।

जनताले यसैका लागि मलाई भोट हालेका हुन् भन्ने लागिरहन्थ्याे। मैले पनि जीवन र परिवारको कुनै प्रवाह नगरि काम अघि बढाए। जनताको घरदैलोमा पुगेर सन्देश छर्न सफल भए। केहीले क्वारेन्टिनमा निरन्तर जाने भएकोले क्वारेन्टिन राख्नु पर्ने समेत भने।

प्रत्येक क्वारेन्टिनमा एक दिन पुग्थे। उनीहरुको दैनिकीका बारेमा चासो राख्थे। पछि गएर ‘एक पटक क्वारेन्टिन नजाँदा नरमाइलो लागेकाे छ एक पटक आउनुहाेस्। तपाईं एक पटक नआए खाना खान मन लाग्दैन्।

तपाईले दिएको सान्त्वनाले हौसला बढ्छ’ भनेर फोन आउँथे। कहिले ‘रिचार्ज कार्ड हाल्न’ भनिरहेका हुन्थे। ‘बाबुनानीलाई पखाला लागेकोले औषधि ल्याइदिनुस्’ भन्दै खबर गर्थे। मेरो फोन क्वारेन्टिनमा बसेका सबैसँग थियो। सामान्य समस्या आउने बित्तिकै फोन गर्न भनेको थिए।

क्वारेन्टिनमा दिनहुँ जाँदा। समस्या बुझ्दा। उपाध्यक्षलाई क्वारेन्टिनमा राख्नु पर्ने केहीले प्रतिक्रिया दिन थाले। मैले सुनुवाइ गरे। कति सुने पनि नसुने झै गरे। काम गर्नेको खुट्टा काट्ने प्रचलन यस्ताे बेला पनि अछुतो रहेन। तर म यी सबै माम सचेत हुँदै गरिरहेकी थिए।

शुरुमा क्वारेन्टिनमा शंकास्पद व्यक्ति मात्र हुन्थे। आइसोलेसनमा त कोरोना संक्रमित नै राख्नु थियो। निरन्तर चार दिनको छलफल पछि आइसोलेसनको टुंगो लाग्यो। युवाहरुले आइसोलेसन व्यवस्थापनको जिम्मा लिए।

त्यही बेला गाउँ एक हप्ता, तीन महिना खाना पुग्नेको तथ्यांक संकलन गर्‍याैं। आवश्यकता अनुुसार राहत पनि उपलब्ध गरायाैं। अहिले आइसोलेसन कक्ष निर्माणमा जुटेका छाैं। हामी अन्तिम चरणमा पुगेका छाैं। प्रत्येक पालिकामा ५० बेडको आइसोलेसन निर्माण गर्न स्थानीय प्रशासनले आग्रह गर्‍याे। सोही बमोजिम आइसोलेसन निर्माण भएका छन्। आगामी दिनमा पनि जनताको हरेक सुख दुखमा साथ दिने अठोट गरेकी छु।

आइसोलेसन निर्माणमा तगाराे हाल्ने काम खुब भयाे। राजनीतिक चलखेलकाे सिकार हामी राजनीति गर्नेहरु नै भयाैं। एउटै पार्टी भित्रको गुटगत राजनीतिले समस्या निम्तियो। एका तर्फ राजनीतिले आइसोलेसन निर्माणमा समस्या आइरहेको थियो भने अर्को तर्फ जनतामा त्रास झन् बड्दै गएको थियो।

शुरुमा क्वारेन्टिनमा शंकास्पद व्यक्ति मात्र हुन्थे। आइसोलेसनमा त कोरोना संक्रमित नै राख्नु थियो। निरन्तर चार दिनको छलफल पछि आइसोलेसनको टुंगो लाग्यो। युवाहरुले आइसोलेसन व्यवस्थापनको जिम्मा लिए।

यही बीचमा गाउँपालिका भित्रका २ सय ३ जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षण पनि गरायाैं। सबैको रिर्पोट नेगेटिभ आएकोले खासै समस्या परेन। यो सफलता शुरुवाती चरणमा गरिएको सचेतनाको उपलब्धि हो भन्ने ठानेकी छु।

हिमामा ६१ जनामा कोरोना संक्रमण थियो। छिमेकी गाउँपालिका भएकोले तिलामा पनि हुन सक्ने आशंका गरिएको थियो। तथापि तिलामा कोरोेना रिर्पोट नेगेटिभ नै आयो। यो बेलासम्म हरेक कार्यमा साथ दिने गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, युवा, विद्यार्थी, शिक्षक लगायत सबै तिलाबासी प्रति आभारी छु। आगामी दिनमा पनि प्रभावकारी समन्वय सहकार्य र सहयोगको अपेक्षा राखेकी छु। हामी सबैले सुरक्षाका मापदण्ड अपनायाैं भने काेराेना भाइरस नियन्त्रणमा सफल हुनेछाैं।

(लेखक तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया