भारत र चीन तनाव, भारतले पठायाे लद्धाखमा मिसाईल र लडाकु विमान

एजेन्सी । सन् १९६२ को युद्ध पछि पहिलो पटक चीन र भारतबीच सीमा क्षेत्रमा तनाव चरम स्थितिमा छ । दुबै देशले व्यापारीक एवं अनेक सम्बन्धका कारण तनाव मत्थर पार्न प्रयास गरीरहेका छन् तर पनि सीमानामा सेन्य टकरावको बढ्दो खतरा रोकिएको छैन ।

जुन १५ मा दुबै देशका सेनाबीच रक्तपातपूर्ण झडप भएदेखि तनाव चरम बनेको हो । झडपमा २० जना भारतीय सेना मारिएका थिए ।

त्यस पछि अगष्ट २९ र ३० मा फेरी झडप भएको थियो भने केही दिन अघि दुबै देशका सेनाले चेतावनीपूर्ण हवाई फायर गरेका थिए ।

त्यस पछि भारत र चीन दुबै देशले लद्धाख, अरुणाञ्चल सहितका सीमा क्षेत्रमा ठूलो संख्यामा सेना, हतियार, लडाकु विमान, युद्ध सामाग्री र बन्दोबस्तीका सामानहरु थुपारिरहेका छन् ।

केही दिन देखि चीनले लद्धाख नजिक मरुभूमिमा नयाँ क्षेप्यास्त्रहरु प्रक्षेपण र युद्धअभ्यास गरीरहेको जनाएको छ । यस्तै भारतले आज ५ वटा फ्रान्सेली राफेल लडाकु विमान ४३ दिन पछि औपचारीक रुपमा वायुसेनामा सामेल गरेको छ ।

यसमा भारतीय रक्षा मन्त्री राजनाथ सिंह र फ्रान्सेली रक्षा मन्त्री पनि समेल भएकी छन् । भारतले सन् २०१६ मा ५८ हजार करोड भारुमा ३६ वटा राफेल लडाकु विमान ल्याउन सम्झौता गरेको थियो । अहिले पहिलो लटमा ५ वटा राफेल आएको छ ।

यसैबीच, चीन र भारतबीच सीमा क्षेत्रमा बढ्दो तनावका बीच आज भारतीय विदेश मन्त्री जयसंकर र चीनीया विदेशमन्त्री विदेशमन्त्री याङ यीबीच कुराकानी हुदै छ । यो पछिल्लो विवादबीच दुई मन्त्रीबीच तेस्रो पटक वार्ता हुन लागेको हो ।

यस अघि दुई देशका रक्षा मन्त्री बीच पनि मस्कोमै वार्ता भएको थियो । सैन्य तथा कुटनीतिक स्तरमा दुबै देशबीच पटक पटक छलफल गरे पनि सीमा क्षेत्रको तनाव अन्त्य हुन सकेको छैन ।

चीन र भारतबीच ३४ सय ८८ किलो मिटर लामो सीमा विवाद रहेको छ । सन् १९६२ मा भएको युद्धमा पराजीत भएको भारतले यस पटक सतर्कता पुर्वक शक्ति सञ्चय गरिरहेको देखिएको छ । उसले रुस र अमेरीका तथा फ्रान्सबाट हतियार खरिद निरन्तर गरीरहेको छ । चीनले पनि भारतसगँ संभावित युद्धलाई ध्यानमा राखेर अन्य क्षेत्रबाट समेत भारतीय सीमामा ठूलो संख्यामा सेना केन्द्रीत गरीरहेको छ ।

तपाईको प्रतिक्रिया