
चीनीया पत्रकार हु सिजियानले ट्वीटरमा लद्धाखबाट भारतीय सेना पछि नहटे जाडो महिनामा पनि चीनले टक्कर दिईरहने र धेरै भारतीय सेना चिसोले मर्ने वा कोरोनाले मर्ने र युद्ध भएमा छिटो पराजीत हुने भनेर ट्वीट गरे पछि ट्रोल भएका छन् ।
१५ घण्टा अघि उनले यो ट्वीट गरे पछि भारतीयहरुले ट्रोल बनाएका हुन् । हु ले भारतीय सैन्य आपुर्ति प्रणाली कमजोर रहेको र युद्धमा छिट्टै पराजीत हुने बताए पछि भारतीयहरु आक्रोसित प्रतिकृयामा उत्रिएका छन् ।
यस्तै ग्लोबल टाईम्सले पनि ट्वीटर ह्याण्डलमा भारत शान्ति चाहन्छ भने नोभमेम्बर ७, १९५९ को सम्झौता अनुसार फर्कनु पर्ने टिप्पणी गर्दै यदी भारत युद्ध चाहन्छ भने त्यो ईच्छा पनि चीनले पुरा गर्ने चेतावनी दिएको छ ।
भारत र चीनबीच सीमाको तनावसगैँ वार्ता र सहमतिको कोशिस चलिरहे पनि प्रचार युद्धमा भने एक अर्का बिरुद्ध अझ बढी भारतीय मिडिया खनिन छाडेका छैनन् । भारतीयहरुले भने यसको विरोध गर्दै भारत विश्वकै अग्लो युद्ध क्षेत्र सियाचिनमा समेत हर हमेसा डटिरहेको भन्दै चीनीया टिप्पणीप्रति असन्तुष्ट बनेका छन् ।

नेपालीरैबार । २०७७ भाद्र २६, शुक्रबार