रामारोशन बाढी पीडितलाई प्रवासी नेपालीद्धारा ३ लाख बढी नगद सहयोग 


सुर्खेत । रोजगारीको सिलशिलामा भारतको महाराष्ट्रमा काम गर्दै आएका प्रवासी नेपालीहरुले अछामको रामारोसन गाउँपालिकाको सैनी बजारका बाढी पीडितलाई राहत दिएका छन् । यही भदौ दुइ गते राती आएको बाढीका कारण ज्यान गुमाएका सैनी बजारका १७ जनाकाे परिवार र पाँच जना बालकलाई आर्थिक सहयोग गरिएकाे हाे ।

डम्बर रावल संयोजक रहेको राहत संकलन अभियानमा भरत रावल, पदम भुल, झपट एल सिह, हस्त भुल, मुकेश कुंवर, जय सिंह आउजी, सुरेश बोहरा, जगत सिंह, पुरन कुँवर, गंगा प्रसाद भट्टराई, इन्द्रबहादुर सिंह (आइडी सिंह), कृष्ण सोडारी, भीम बहादुर भण्डारी, ललित भुल र केशर रावल सदस्य रहेका थिए ।

रामारोशन सहयोग संकलन समिति भारतको तर्फबाट १ सय ७५ जनाले ३ लाख ४४ हजार १ सय १० रुपैंया संकलन गरी पीडितलाई हस्तान्तरण गरिएकाे छ । यस्तै भारत प्रवास स्थित बर्दगोरिया गाउँपालिका महिला बचत समूह कोथरुढ पुना द्वारा ९ हजार २ सय र भारत प्रवासका प्रतिनिधि तथा नेपाल संयोजक (वि एस ओड) र प्रवास प्रतिनिधि आकाश कुँवरले एक कार्यक्रमकाबिच टुहुरा बालबालिकाहरु हिमाल साउद, भुपेन्द्र शाह, सरिता शाह, अनिता शाह र रुविना साउदलाई नगद ३०/३० हजार रकम प्रदान गरेका छन् ।

अन्य मृतकका परिवार क्रमशः झंकर ब साउदको परिवारलाई ४५ हजार, कलु शाहको परिवारलाई ३५ हजार, हिक्मत शाहको परिवारलाई १९ हजार, धर्म साउदको परिवारलाई १५ हजार, कौसिल्ला साउदको परिवारलाई दश हजार, हिमाल साउद, कमल साउदको परिवारलाई जनही १०/१० हजार, रुविना साउद, भुपेन्द्र शाहको परिवारलाई जनही ४६ सयको दरले राहत रकम हस्तान्तरण गरिएको हो ।

नेपालीहरुले रामारोशन गाउँपालिका प्रकोप व्यवस्थापन काेषामा ५० हजार १ सरय ४५ रुपै‌या  जम्मा गरेर कुल ३ लाख ५३ हजार ३ सय १० रुपैंया हस्तान्तरण गरिएको संयोजक डम्बर रावलले जानकारी दिए । उनका अनुसार उक्त रकम राहत वितरण व्यवस्थापन समितिका संयोजक तारा ब. साउद, नेपाली काँग्रेस जिल्ला कार्य समिति अछामका सभापति भरत कुमार स्वार, नेकपा अछाम जिल्ला कमिटी सचिवालय सदस्य तथा रेडियो जनप्रीय साँफेबगर अछामका अध्यक्ष प्रकाश शाह, चक्र रावल लगायतले हस्तान्तरण गरेका हुन् ।

भारत प्रवासमा बसेता पनि गाउँमा परिआएको दुःखमा थाेरै भएपनि मृतकका परिवारलाई राहत हुने अपेक्षाका साथ आफूहरुले सहयाेग गरेकाे उनीहरुकाे भनाइ छ । नेपाल भन्दा भारतमा कोरोनाको जोखिम धेरै भइरहँदा पनि आफूहरुको एकै वचनमा सहयोग गर्ने १ सय ७५ जना समाजसेवी नेपालीलाई पीडितले धन्यबाद दिएका छन् ।

तपाईको प्रतिक्रिया