व्यंग्य विरसिक्का

वीरेन्द्रनगर नगरपालिका र ठेक्दारको बुझी नसक्नु नाटक के हो यो ? त्यो एसपी कार्यालय हुँदै पूर्वपश्चिम जाने बाटाँ गोडा दुएक वर्षदेखि उहि नाली खन्ने उहि इट्टा पुर्ने, उहि ढुङ्गा हाल्ने अनि उहि इट्टा तान्ने र फाल्ने काम भैरा’छ त ? डिजाइन गर्ने इन्जिनियरले डिजाइन गर्न नजान्या हो कि ठेक्दारले बनाउन नजान्या हो ?

हामी बाटा हिन्ने मान्ेछलाई त त्यो काम देख्दा दिक्दार लाइसक्यो भने पुलिसकाँ सेवा लिन जानेलाइ कति दिक्दार लाहोला ? बाटा हिन्नेहरु नि कानेखुसी गर्दै, इन्जिनियरको डिजाइन इस्टिमेट नमिल्या हो की कमिशन नमिल्या हो भन्ने गर्या सुनिन्छ ।

आँफु त शुरुमा नाली खन्ने बेलाँ ठेक्दारले ३ मैना काम भ्याइन्छ भन्दा मैले तीन वर्षा नि तिमरु काम भ्याउन्नौ । सुर्खेतका ठेक्दारलाई मैले राम्ररी चिन्छु भन्दा ठेक्दार साबले तिनै मैनाँ सक्ने ग्यारेन्टी द्या अ‍ैले झल्भल्ति याद आइरा’छ । भलै दुइवर्षदेखि त्यो बाटो हिँड्ने सबैले नालीको कामको दुर्दशा राम्ररी हेर्‍या छन् ।

हैन ! इन्जिनियरले डिजाइन इस्टिमेट नै गर्न नजान्या हो भने त्यस्तो इन्जिनियरलाई नगरले भात ख्वाएर किन पाल्नु ? कैले इट्टलाउ अनि कैले ढुंगा लाउ, कैले भत्काउ गर्दै दिन,मैना, वर्ष किन बिताउन खोज्या हुन कम्सेकम नगरवासिले त जान्न पाउँ ! डिजाइन फेर्‍याफेर्‍यै गर्न इन्जिनियरलाई नेताले अराएकी इन्जिनियरकै उल्टो बुद्धि हो ।

अनि त्यो भत्काउदै हाल्दै गर्या पैसा ठेकेदारलाई त दिनै पर्ने होला अनि त्यो पैसा थप्या थप्यै गर्ने हो भने इन्जिनियरले विगार्‍या कामको पैसा नगरले किन तिर्ने ? त्यो हर्टलाइन भनाउँदो नामको बाटाको हर्ट नै चुटाली दिने मेयर, उप–मेयर र इन्जिनियर र हाकिम सबैलाई एउटै खाल्टाँ कोचेर बयान लिन पा भा के भन्थे कुन्नी ? धन्नका वीरेन्द्रनगरका जन्ता हो तिमरले मान्छे त राम्रै छान्या रैछौं । तीन मैनाँ हुने काम तीन वर्षाँ नि नहुने । यस्तो लोकतन्त्र हुनभन्दा नहुन जाती । भाँडमा जाओस् तिमरको लोकतन्त्र र संघीयता ।

सक्छौं भने अब फोर त्यो नाली माटो हालेर पुर र आउने चुनाबाँ घोषणा–पत्राँ हर्टलाइन नाली बनाउने भनेर लेख । जनतालाई भेडा बनाउने हो क्यारे ! जुम्ली भेडा बनाएनी हुन्छ, थारु भेडा बनाए नि हुन्छ, जे बनाए नि हामी बन्न बाध्य छौं । के गर्ने यस्ता नेताऽऽ पछि लाग्दा जनताकै लंगौँटी फुस्किएर जात्रा थाऽऽ छैन । कैले नेताऽऽ घैंटाँ घाम लाग्ला र त्यो हर्टलाइनले साँच्चिकै हर्टको काम गर्ला ?

तपाईको प्रतिक्रिया