राष्ट्रिय फुटवल टिमका कप्तान श्रेष्ठलाई सुर्खेतमा सम्मान

सुर्खेत । राष्ट्रिय फुटवल टिमका कप्तान सुजल श्रेष्ठलाई सुर्खेतमा सम्मान गरिएको छ । जिल्ला फुटवल संघ र इन्टरनेश्नल फुटवल एकेडेमी सुर्खेतले कप्तान श्रेष्ठलाई सम्मान गरिएको हो ।

सुर्खेत आएका कप्तान श्रेष्ठ र अण्डर १६ का कप्तान रोशन रानालाई सम्मान गरिएको जिल्ला फुटवल संघका वरिष्ठ उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।

उनकाअनुसार कप्तानद्वयले एकेडेमीका अण्डर १२ का खेलाडीहरुसँग फुटवल यात्रा बारे अनुभव साटेका थिए ।

‘खेल क्षेत्रमा कसरी लाग्ने र अनुशासन बारे खेलाडीहरुसँग साक्षत्कार गर्नुभएको छ’ हमालले भने, ‘खानपान, नियमित अभ्यास र उदेश्य राखेर लगाव राखे सफलता मिल्ने सुझाव खेलाडीहरुलाई कप्तान श्रेष्ठले दिनुभएको थियो ।’

  

तपाईको प्रतिक्रिया