सुर्खेत । कर्णालीमै पहिलो पटक सञ्चालनमा आउन लागेको कर्णाली मल प्रालिको ९५ प्रतिशत काम सकिएको छ । दशै अघि नै मल सञ्चालनमा ल्याउने गरी तिब्र गतिमा काम भइरहेको प्रालिका अध्यक्ष अर्जुनप्रसाद पाण्डेले बताए । उनका अनुसार गएको बैशाखमै मल सञ्चालनमा ल्याउने तयारी भएपनि कोरोना भाइरसका कारण लकडाउन हुदाँ सञ्चालनमा ढिलाई भएको हो ।
बैशाखमै मलको उद्घाटन गर्ने गरी तिब्र रुपमा काम भइरहेको बेला देशभर लकडाउन घोषणा भयो । लकडाउनका कारण मलको भवन डेकुरेशन तथा भित्रि संरचना निर्माणमा काम गर्ने भारतिय मिस्त्रिहरु घर गएपछि काममा समस्या भएको थियो । ‘अब काम अन्तिम चरणमा पुगिसकेको छ । सामान आयात हुदैछ’ अध्यक्ष पाण्डेले भने, ‘छिट्टै मल उद्घाटन गरेर ग्राहकलाई सेवा दिन सुरु गर्नेछौ ।’
उनका अनुसार मलका लागि बंगलादेश, भारत, चीन लगाएतका देशबाट सामान आयात हुनेछ । मल सञ्चालन हुने वित्तिकै ६५ जनाले रोजगारी पाउनेछन । कर्णाली प्रदेशमै नीजि क्षेत्रबाट ठुलो संख्यामा रोजगारी दिने यो पहिलो नीजि कम्पनी हो । भने मलबाट राज्यलाई लाखौंलाख कर बुझाएर देशको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्नेछ ।
‘हामी ग्राहकसँग बार्गेनिङ गर्ने छैनौ । ग्राहकलाई ठगिबाट जोगाउन बजारको रेट र प्रिन्ट मुल्यभन्दा सस्तोमा सामान बेच्नेछौ’ नेपाली रैबारसँग अध्यक्ष पाण्डेले भने, ‘मलमा ग्राहकको रुची र पैंसा अनुसार खोजेको सामान उपलब्ध हुनेछ ।’
चुनौतीसँगै जोखिम मोल्दै कर्णालीमै पहिलो पटक मल सञ्चालन गरेर आफ्नो ब्राण्ड स्थापीत गर्ने उदेश्यमा लागेका प्रालिका अध्यक्ष अर्जुनप्रसाद पाण्डे, सदस्यद्धोय धर्मराज ढकाल र भरतप्रसाद ढकाल अहिले मल व्यवस्थापनकै काममा व्यस्त छन् ।
‘अधिकांश नागरिकलाई मलमा सपिङ गर्न जानेहरु धनिमानी वा धेरै पैंसा भएकाहरु मात्रै हुन्छन्,् भन्ने गलत बुझाई छ । त्यो भ्रम हामी चिर्छौ’ नेपाली रैबारसँग सदस्य धर्मराज ढकालले भने, ‘गरिब र कम पैंसा हुनेहरु पनि हाम्रो मलमा सजिलै छिर्न सक्छन् । निम्नस्तरका लागि ब्राण्डेट सामान पनि मुल्य निर्धारण गरेर सस्तोमा बेच्ने तयारी छ ।’
सुरेश आचार्य । २०७७ आश्विन ५, सोमबार