किसानलाई आलुको बीउ

दैलेख । पंचदेवल विनायक नगरपालिका–८ अछामको बारला गाउँकी धर्मा ढकालको परिवार परम्परागत खेतीमा निर्भर छ । उनको परिवार बारीमा उत्पादन भएको खाद्यान्नले जसोतसो जीविकोपार्जन गर्दै आएको छ ।

परम्परागत खेतीबाट गुजारा गर्दै आएको धर्माको परिवार अब भने व्यवसायिक तरकारी खेतीमा जुटेको छ । तरकारी खेतीका लागि उनले आलुको बीउ समेत सहयोग पाएकी छिन् । स्थानीय लालीगुराँस कृषक समुहकी सदस्य समेत रहेकी उनले पाएको २५ केजी आलुको बीउ व्यवसायिक रुपमा लगाउने बताउँछिन् । तरकारी खेतीका लागि तालिम समेत पाएको उनको भनाई छ ।

उनिजस्तै दैलेखको आठबीस नगरपालिका–३ कुमालखाडाकी नानीदेवी शाही उमेरले ४५ काटिन् । तर, तरकारी खेतीमा कम्मर कसेर लागि परेकी छिन् । उनले हालै आलुको बीउ समेत सहयोग पाएकी छिन् । तरकारी खेतीबाटै परिवारको खर्च चलाउँदै आएकी शाहि भन्छिन् ‘आलुको बीउ सहयोग पाएको छ, बारीभरी आलु फलाउने लक्ष्य छ ।’ दैलेखबाट प्रकाशित पञ्चकाेशी खवर दैनिकमा समाचार छापिएकाे छ ।

नानीदेवी मात्रै होइन, आठबीस नगरपालिकाकी मना विष्टको बारीमा आलु राम्रै फल्छ । घरमा खानका लागि मात्रै आलु उत्पादन गर्दै आएकी विष्टले व्यवसायिक रुपमा आलु खेती गर्ने योजना सुनाइन् । ‘अहिले २५ केजी आलुको बीउ सहयोग पाएको छु,’ गौरीशंकर बासघारी कृषक समुहकी सदस्य समेत रहेकी मना भन्छिन् ‘आलुको बीउ किन्ने रकम म सँग थिएन्, बीउ नै सहयोग पाएपछि खुसी छु ।’

तपाईको प्रतिक्रिया