जाजरकाेट जिल्लाभर ६३७ किलोमिटर सडक

जाजरकोट । जिल्लामा ६ सय ३७ किलोमिटर सडक निर्माण भएको छ । जिल्लामा हाल सम्म जम्मा उक्त सडक निर्माण भएको जिल्ला ट्राफिक कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लामा मुख्य तथा सहायक सडक गरी ६ सय ३७ किलोमिटर सडक निर्माण भएको कार्यालय प्रमुख जगदिश कुमार ऐरले बताए । जिल्लामा १९ बढि मुख्य सडक खण्डहरुको काम तिव्र गतिमा अगाडि बढेको कार्यालय प्रमुख ऐरले जानकारी दिए ।

जिल्लाको छेडा बजारदेखि सदमुकाम खलंगा बसपार्कसम्म ३९ कि.मी सडक कालोपत्रे भएको छ । यस्तै खलंगा बसपार्कदेखि रिम्ना, दल्ली, कालीमाटी हुँदै तल्लु बगरसम्म ३६ कि.मि. सडक कालोपत्रेको चरणमा रहेको कार्यालले जनाएको छ । छेडागाड नगरपालिका हुँदै थलह बजारसम्म ३५ कि.मि. सडक नयाँ ट्रयाक खोल्ने तथा स्तरोन्नतीको काम अगाडि बढेको छ भेरीमालिका दैनिकमा समाचार छ ।

थलबजारदेखि जुनिचाँदे गा.पा.सम्म १६ कि.मि. सडक नयाँ ट्रयाक खुल्ला भएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत जाजरकोट कुदुदेखि दैलेखको सिमानासम्म ८० कि.मि. सडक कालोपत्रेको चरणमा रहेको छ ।

जाजरकोटको भित्री सहरी सडक २ कि.मी. सदरमुकमदेखि भेरेसम्म ११ कि.मी. सडक निर्माण भएको छ । भेरी नगरपालिकाले सदरमुकामदेखि छिप्रेना जगतिपुरसम्म १२ कि.मी. सडक निर्माण गरी सञ्चालनमा ल्याएको छ । खलंगा पाँचकाटिया हँुदै पैंकसम्म ५२ कि.मी. सडक निर्माण भई सञ्चालनरत छ । सडक डिभिजन कार्यालयले उक्त सडक निर्माणको काम ठेक्का मार्फत अगाडी बढाएको छ ।

यस्तै पश्चिम जाजरकोट छेडा बजारदेखि शिवाललय गा.पा.सम्म १७ कि.मि. बाटो निर्माण भएको छ । १ किलोमिटर सडक कालोपत्रे गरिएको छ । शिवालय गाउँपालिकाभित्र १ सय ८० कि.मि. कच्ची सडक निर्माण भएको छ ।

पूर्वी जाजरकोटको नलगाड न.पा. चिसापानीदेखि डोल्पा सिमानासम्म २८ कि.मी. सडक सञ्चालनमा आएको छ । नलगाड न.पा.भित्र १ सय २९ ओटा सडकहरु निर्माण भएका छन् । यस्तै जिल्लाको जुनिचाँदे गाउँपालिकाभित्र १ सय ६२ किलोमिटर सडक निर्माण गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया