अनि अस्मिता कहिल्यै फर्किनन्…

जाजरकोट । एउटा सानो घर । त्यो घरमा बस्ने बाबाआमा । बाबा र आमाको आँखामा आँसु नआएको एक दिन छैन । जिल्लाको बारेकोट गाउँपालिका २ मा बस्ने लुर्काे कामी छोरीको पखाईमा बसेको सात वर्ष पुरा भयो ।

सात वर्ष सम्म छोरी आउने आशमै उनका दाई धर्मे कामीको मृत्यु भयो । गाउँमा कुनै नौलो मान्छे आउँदा छोरी आइन भनेर खुशीले गदगद हुने गर्छन् । तर नजिक आउँदा छोरी नहुँदा उनीहरूको मनमा विरह सिर्जना हुने गर्छ । आफुले जन्म दिएको एक मात्र सन्तान ।

२०६४ सालमा तत्कालिन नेकपा माओवादीले गाउँ संगठनमा भन्दै उनलाई पार्टीको कार्यक्रममा लग्यो । उनले भेरीमालिका सँगको कुराकानीमा पीडा पोखे, “मेरी छोरीको पार्टीको नाम अस्मिता हो । घरमा हामीले मायाले उनलाई लिला भन्ने गथ्र्यौँ ।’

सानै उमेरमा अस्मिता पार्टीमा लागेको उनले बताए । आफु पार्टीको गाउँ परिषद्को अध्यक्ष भएर मुल्साम गएको बेला छोरीलाई पार्टीका कार्यकर्ताले कार्यक्रममा लगेको उनको भनाई छ । जाजरकाेटबाट प्रकाशित भेरीमालिका दैनिकमा समाचार छ ।

उनी भावुक हुँदै भन्छन्, ‘सन्तानको नाममा त्यही एउटी छोरी थिइन् । उनी पनि घर फर्केकी छैनन् कसरी चित्त बुझाउने होला । मेरी छोरीको खोजीमा मैले तत्कालिन माओवादीमा आवद्ध सबै साथीहरूसँग प्रश्न गर्ने गरेको छु कि लास चाहियो कि सास चाहियो ? तर उहाँहरू प्रयास गरौँला भन्नुहुन्छ । तर कुनै खोजी कार्य भएको छैन ।

दुई चार वर्ष पहिले कता हो कता छोरी घरमा आएर गएकी हुन् । अहिले त कुन दुनियाँमा छन् । अत्तो पत्तो कुनैपनि छैन । मेरी छोरीलाई खोजेर साथ दिनुप¥यो ।’ उनीहरूको मनमा एक सन्तानको माया कति हुन्छ । ती बाआमालाई मात्रा थाहा हुन्छ होला । छोरीको पर्खाईमा बसेको मात्र सात वर्ष भएको उनले तितो सत्य सुनाए ।

बिरामी हँुदा आफुलाई पानीसमेत खुवाउने मान्छे नहुँदा निकै समस्या भएको उनको दुखेसो छ । उनले भने, ‘मेरी छोरीलाई भेट्ने मान्छेले भेरीमालिका दैनिक जाजरकोटलाई सम्पर्क गरिदिनुहुन अनुरोध छ ।’

उनले पत्रमा लेखेका छन्, ‘छोरी आए ठिकै छ नत्र छोरीको पर्खाईमै जिन्दगी बिताउन तयार छु । प्रिय कमरेडहरू म पनि विभिन्न संघर्ष र बलिदानमा हुर्केको मान्छे हुँ । पार्टीले मलाई त्यतिबेला गोलीसमेत हान्न तयार भएको बेला छाती खोल्न तयार थिए ।

आज पनि पार्टीको कार्यक्रम र सभा समारोहमा समेत जाने गरेको छु । मिल्छ भने कतिपयले कालिकोटमा छन् भन्ने गरेका छन् । कालीकोटमा भएपनि खोजेर सहयोग गरिदिन सबै कमरेडहरूमा मेरो आग्रह रहेको छ ।’

तपाईको प्रतिक्रिया