व्यंग्य

नेपालाँ लकडाउनभा लामै समयसम्मनि मान्छेहरुमा कोरोना संक्रमण नदेख्खिएछि खुसी भा बीमा कम्पनिका मालिकहरु पैसा कमाउने मौका यै हो भनेर भक्काभक कोरोना बीमा गराउन तिर लागे । चैतदेखि असारसम्म ४ मैनाऽ अबधियाँ कोरोना वीमाले यस्तरी बजार पिट्योकि कम्पनी सन्चालकहरुले सोच्याभन्दा बढि कमाइ हुने छाँट देख्खायो । कोरोनाका रोगीनै यो अबधियाँ भेट्टियनन ।
अनि कोरोना बीमाका नाममा चाँदि कटाइको सपनाँ चुर्लुम्म डुबेर भटाभट् बीमा गरियो । तर जब साउयको आधाआधि नेपालाँ संक्रमितको संख्या बढ्यो तब बीमा कम्पनिहरु जनता पैसा लुटन सकिन्न कि क्या भनेर बीमा कम्पनिहरु अनेकन अडंगा थापेर भुक्तानि नै नदिने चक्कराँ लागे । फलत सरकारी दलालहरुसित मिलेर नीजि अस्पतालले ग¥या पिसिआरै मान्दैनम भनेर प्रचारबाजीयाँ वीमा कम्पनि जुटे ।
कोरोना लाग्ने वित्तिकै १ लाख रकम दिने भनि ग¥या वीमा विवादाँ आयो । करिब भदौ १५ देखिनै बीमावालाहरुले वीमा गर्न आलटाल गरे ।
अन्ततः भदौ २७ पछि ग¥या बीमाको त रकमनै भुक्तानि नदिने बजार हल्ला आइराछ । बीमा गर्दा कोरोना लागेको प्रमाण देखाउने वित्तिकै रकम भुक्तानि दिने भनेर जनता’ट पैसा लिने अनि पछि अनेकन बहाना बनाएर पैसा नदिने खेल रच्ने बीमा कम्पीकाबिरुद्ध जनतानै सडकाँ आउनु पर्छ । सरकार आँफै नीजीलाइनि पिसिआर गर्न दिने निर्णय गर्छ अनिफेरि बीमाका दलालसित मिलेर पिसिआर मान्य नहुने भन्छ ।
यस्तो दलालहरुको चंगुलमा फसेको सरकार नै जनता पक्षाँ नभएछि बीमाका दलालहरुले के बीमा भुक्तानि देलान ? जनतालाई झुक्याएर कोरोना बीमा वापत जम्मा गरेको अरबौँ रुपयाँको भाग वण्डाँ सरकारी दलालहरुनि परेकै त होलान ।
महामारीले ढाड सेकेको जनतालाई सरकार र बीमा कम्पनि मिलेर जसरी लुटदैछन यो तिनिहरुलाई सजीलै पच्न दिनुहुन्न भनेर जुनदिन जनताले बुझनेछन त्यो दिन आँफै सडकमा उत्रिएर बीमा र त्यसका दलालको उठिबास जनताले गराउनेछन ।
जिल्लाजिल्ला’ट बीमा कम्पनीलाई बीमै गर्न नदिने गरि जनताले निगरानि गरेभने त्यो बेला तिनरको हालत के होला ? राम्ररी बुिझराख्दा हुन्छ ।
तपाईको प्रतिक्रिया