सुर्खेत । कर्णाली प्रदेशको अधिकांश भुभाग हिमाल र पहाडले नै घेरीएको छ । यहाँका अधिकांश सडक भिरालो र कच्चि छन् । यहाँका सडकहरुमा यात्रा गर्ने अधिकांश व्यक्तिलाई यात्रामा सवारी साधानले नै धोका दिदाँ बिचबाटोमै समस्या गर्ने गरेको छ । चाहे त्यो दुई पांग्रे सवारी साधान होस्, वा चार पांग्रे ।
यीनै समस्यालाई मध्यनजर गर्दै अहिले बजारमा विभिन्न कम्पनीहरुले पहाडी रुटका लागि उत्तम नयाँ नयाँ सवारी साधान लन्च गर्न थालेका छन् ।
यसैबिच बजाज कम्पनीले यही असोज १५ अर्थात अक्टोबर १ का दिन देशभरका शाखाहरुसँगै सुर्खेतको असिम मोटर पार्टसबाट एकैसाथ १६० स्ट्रीटको एभेन्जर मोटरसाईकल लन्च गर्दैछ । यस एभेन्जर मोटरसाईकलको बजार मुल्य ३ लाख १९ हजार ९ सय रहेको छ ।
‘पहाडी रुटका लागि सस्तो, बलियो र भरपर्दो भनेकै बजाज कम्पनीका बाईकहरु हुन् । त्यो हाम्रा ग्राहकहरुलाई महशुस पनि छ’ असिम मोटर पार्टसका सञ्चालक लक्ष्मण कँडेलले भने, ‘हिमाल, पहाडसँगै तराईमा पनि बजाज कम्पनीका ब्राण्ड उत्तम मानिएका छन् । त्यसैमा कर्णालीको भुभाग र बाटो अनुसार बजाजको विकल्प छैन ।
“कर्णालीमा अन्य ब्राण्डभन्दा बजाजका सवारी साधान र सर्भिस राम्रो तथा खोजेको बेला पार्टस्हरु पाईने हुदाँ ग्राहकको बजाजप्रति आकर्षण बढेको छ” उनले भने ।
उनले कर्णालीमा पहिलो पटक २०५६ सालमा मोटरसाईकलको स्वरुम खोलेर कर्णालीवासीलाई मोटरसाईकल चढ्ने बानीको विकास गरेका हनु् । अहिले वीरेन्द्रनगरसँगै असिम मोटर पार्टस्का शाखाहरु कर्णालीका १० स्थानमा खोलिएका छन् । सुरुमा उनले शाखा खोल्दा सुर्खेतमा एउटा बाईक मर्मत सेन्टरमात्रै रहेको थियो ।
‘अहिले मोटरसाईकल सबैका लागि अनिवार्य भएको छ । कोरोना जस्तो महामारीमा सुरक्षित र अन्य बेला हतारमा सजिलोका लागि सबैको रोजाईमा मोटरसाइकल पर्न थालेको छ’ नेपाली रैबारसँग उनले थपे, ‘कर्णालीमा पहिलो पटक मोटरसाईकलको स्वरुम खोलेर हामीले सेवा दिन थालेका हौं । हाम्रो सेवाले गर्दा बजाजका ब्राण्डप्रति ग्राहकको आकर्षण बढेको हो । अब लन्च हुदै गरेको एभेन्जर पनि चढेर साथ दिनुहोला ।’
यही व्यवसाय मार्फत हाल धेरैलाई रोजगारी दिन सफल भएका छन् । कर्णालीवासीलाई बजाजका विभिन्न ब्राण्डका सवारी चढेर सुरक्षित र दिगो महशुस अनुरोध गर्दै उनले हाल विश्वका ७० देशमा कारोवार गर्नुकासँगै नेपालमा बजाजले लिड गरिरहेको दावी गरे ।
‘विगतका वर्षको तुलनामा यस वर्ष लगातार ४ महिनाको लकडाउनका कारण कारोवार कम भयो’ सञ्चालक कँडेलले भने, ‘२० करोड बराबरको कारोवार रोकियो भने एक करोडको प्रत्यक्ष घाटा लाग्यो । तर व्यवसायप्रतिको लगाव भने झन् बढ्नेछ ।’
उनका अनुसार बजाजले युवा स्वरोजगार प्याकेजमा अटो बिक्रि गर्दा धेरैले रोजगारी पनि पाएका छन् । यस बिषयमा सफलताको कथा पनि प्रकाशित गर्नेछौं ।
सुरेश आचार्य । २०७७ आश्विन १२, सोमबार