‘प्याजियोका अटोरिक्सा र स्कुटर अन्य ब्राण्डसँग तुलना नगरौं’

सुर्खेत । हिजोआज प्रतिस्पर्धाको बजारमा सबै कम्पनीहरुले आफ्नै ब्राण्डका सवारी साधान अन्य कम्पनी तथा ब्राण्ड भन्दा निकै राम्रो र बलियो भएको दावी गर्दै आएका छन् । त्यसो त बजारको माग र ग्राहकको रुचि अनुसार कम्पनीहरुले सवारी साधान उपलब्ध पनि गर्दै आएका छन् । तर कुन कम्पनीको कुन ब्राण्ड राम्रो वा कमजोर भन्ने कुरा उपभोक्ता ग्राहकले गरेको महशुस र भनाईको आधारमा पनि पृष्टी हुन्छ ।

यसैबिच सुर्खेतमा २०७० सालदेखि प्याजियो कम्पनीका 3 wheeler अटोरिक्सा, भेस्पा र अप्रेलीया स्कुटर बिक्रि गर्दै आएको श्रीनाथ सप्लायर्सले ग्राहकको सन्तुष्टीका आधारमा प्याजियो कम्पनीका ब्राण्ड अन्य भन्दा बलियो र भरपर्दो रहेको दावी गरेको छ । ग्राहकको माग र प्रतिक्रियाका आधारमा खासै गुनासो सुन्न नपरेको भन्दै प्याजियोका अटोरिक्सा र स्कुटर अन्य ब्राण्डसँग तुलना गर्न नमिल्ने श्रीनाथ सप्लायर्सका व्यवस्थापक अर्जुन दाहालले बताए ।

‘अन्य कम्पनीका ब्राण्डभन्दा प्याजियो कम्पनीका 3 wheeler अटोरिक्सा, भेस्पा र अप्रेलीया स्कुटर बजारमा सबैभन्दा बलियो, भरपर्दो, दिगो र सुरक्षित महशुस गरिन्छ । त्यो हाम्रा ग्राहकलाई साेधेपनि थाहाँ हुन्छ’ उनले भने, ‘कर्णाली जस्तो पहाडी रुटका लागि हाम्रा ब्राण्डहरु अरु भन्दा उत्तम छन् । त्यसका लागि हाम्रा ब्राण्डका अटोरिक्सा र स्कुटर नचढेकाले पनि एक पटक चढेर महशुस गर्न सक्नुहुनेछ ।’

उनका अनुसार 3 wheeler अटोरिक्सा, भेस्पा र अप्रेलीया स्कुटरको पीकअप धेरै भएको, कम इन्धन खपत गर्ने, हेर्दा ह्याब्वी देखिने र पार्टसहरु सजिलै पाईने भएकाले पनि ग्राहकको आकर्षण बढेको हो । इटालीयन टेक्नोलोजीका आधारमा बनेका घ wheeler अटोरिक्सा, भेस्पा र अप्रेलीया स्कुटर सस्तो, दिगो र सुरक्षित पनि छ ।

यसैबिच दशै, तिहार र छठको अवसरमा बम्बर उपहार निकाल्दै प्याजियो कम्पनीले 3 wheeler अटोरिक्सा किन्ने व्यक्तिलाई उही दाममा ३२ इन्चको एलईडी टिभी फ्रि, २ महिनाको इन्टेष्ट फ्रि र २ वर्षको वारेण्टिसहित बढि पावर कम इन्धन खपत हुने नयाँ प्याजियो अपासिटी डिलक्स अटोरिक्सा उपलब्ध गराउने भएको छ । यस्तै स्कुटरमा पनि नगद ५ हजारदेखि ५० हजारसम्म छुटको व्यवस्था छ ।

यस्तै श्रीनाथ सप्लायर्सले कर्णाली प्रदेशका विभिन्न जिल्लामा शाखा विस्तारको रणनीति लिएको छ । हाल छिन्चु, मेहलकुना, बाबियाचौर र दैलेख बजारमा शाखा विस्तार भइसकेको छ । सप्लायर्सले सवारी बिक्रि मात्रै नभई ठाउँ ठाउँमा सवारी चालकहरुलाई यातायात तथा ट्राफिक नियमबारे सचेतना पनि फैलाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया