जोखिम मोलेरै भिडभाडमा मजदुरी, खै स्वास्थ्य सावधानी !

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–७ स्थित सामाजिक विकास मन्त्रालयको पश्चिमपट्टी यतिबेला चौहानपार्क निर्माणको काम चलिरहेको छ । एक करोड ७१ लाखको लागतमा निर्माणको काम थालिएको हो ।

निर्माणाधीन पार्कको प्राविधिक पाटो हेर्दै आएका इन्जिनियर विशाल अधिकारीका अनुसार उक्त संरचना निर्माणको काममा २५ जनाभन्द्या बढी कामदार कार्यरत छन् ।

तर कोरोना संक्रमणको जोखिम उच्च रहेको बेला यहाँ कुनै पनि मजदुरले स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गरेको देखिँदैन् । भौतिक दुरी र मास्कको प्रयोग नगरेरै उनीहरुले धमाधम निर्माणका काम गरिरहेका हुन् ।

मजदुर कन्स्ट्रक्सन प्रालिलाई उक्त कामको जिम्मा दिइएको छ । साझा विसाैनी दैनिकमा समाचार छ । त्यसैत वीरेन्द्रनगर–६ हटियालाइ, इत्रामको शिवालयचोक र टेलिकम लाइन लगायतका क्षेत्रमा सडक र नाली निर्माणको काम भइरहेको छ ।

पूर्वाधार विकास निर्देशनालयले श्याम एण्ड शंक कन्स्ट्रक्सन प्रालिलाई दुई वटा प्याकेजमा एउटा सात करोड २९ लाख र अर्को नौ करोड २५ लाखमा सम्झौता भइ कामको जिम्मा दिएको छ । उक्त निर्माणको प्राविधिक पक्ष हेरिरहेका इन्जिनियर हरि शर्मा धितालकाअनुसार हटिलाइन क्षेत्रमा बर्दियाका ६० जना र अन्य क्षेत्रमा दैलेखका २९ जना मजदुरले काम गर्दै आएका छन् ।

ती मजदुरहरुले पनि स्वास्थ्य सुरक्षाका सामग्री भने प्रयोग गर्ने गरेका छैनन् । कार्यस्थलमा भौतिक दुरी कायम गरिएको पाइदैन् । यनीहरुले अन्य स्वास्थ्इ सावधानी समेत अपनाएका छैनन् । भिडभाडबाट कोरोना संक्रमणको जोखिम उच्च हुने चिकित्सकले बताएका छन् ।

त्यो मजदुर र रोजगारदाता दुवै पक्षलाई जानकारी नभएको होइन् । तर जोखिमको प्रवाह न मजदुरलाई छ त न रोजगारदातालाई नै । उसो त मजदुरका आफ्नै बाधयता पनि छन् । दैनिक गुजारा चलाउन मजदुरी नगरी पुग्दैन् ।

भिडमै काम नगरी हातमुख जोड्ने अर्को उपाय पनि छैन् । यसरी भिडभाडमा काम गर्दा कोरोनाको जोखिम छ । जोखिम हुँदा–हुँदै परिवन्दमा परेर काम गर्न बाध्य भएको मजदुरहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया