प्रतिस्पर्धाको बजारमा सुजुकी पनि कम छैन

सुर्खेतः विगत एक दशक यता सुर्खेतमा विभिन्न कम्पनीहरुले नयाँ नयाँ ब्राण्डका सवारी साधान भित्र्याउँदै ग्राहक बढाउन कडा प्रतिस्पर्धा गरिरहेका छन् । बाह्य रुपमा हेर्दा सवारी डिलरहरुको स्वच्छ प्रतिस्पर्धा जस्तो देखिएपनि भित्रि रुपमा डिलरहरु अस्वच्छ प्रतिस्पर्धा गरिरहेका छन् ।

यसैबिच प्रतिस्पर्धाको बजारमा सुजुकी कम्पनी पनि कम छैन । वीरेन्द्रनगर स्थित एसआई ट्रेड एण्ड सप्लायर्सद्धारा सुजुकी कम्पनीका मोटरसाईकल र स्कुटर धमाधम बिक्रि भइरहेका हुन् । प्रतिस्पर्धाको बजारमा सुजुकीका ब्राण्ड निकै राम्रो र बलियो भएको सप्लायर्सको दावी छ ।

विगत ६ वर्षदेखि सुजुकीका ब्राण्ड –मोटरसाईकल र स्कुटर) बेच्दै आएको सप्लायर्सले हाल छिन्चु, मेहलकुना, सल्लीबजार र दैलेखमा गरी ४ वटा शाखा पनि विस्तार गरिसकेको छ । जापानिज टेक्नोलोजीमा आधारीत सुजुकी कम्पनीले बनाउने मोटरसाईकल र स्कुटर भारतमा फिटिङ गरेर नेपालमा भित्र्याइन्छ ।

‘सुरुदेखि नै सुजुकी कम्पनीका जिक्सर श्री १५० देखि २५० सिसिका बाईक र १२५ सिसिको बर्रम्याम याक्सिज स्कुटर बेच्दै आएका छौ’ एसआई ट्रेड एण्ड सप्लायर्सका सञ्चालक ईन्द्रबहादुर खड्काले भने, ‘कर्णालीमा केही वर्षसम्म सुजुकीका स्कुटरको एकछत्र राज थियो । त्यो सबैलाई थाहाँ छ । अहिले पनि ग्राहकको माया र सन्तुष्टिले हामीलाई हौसला मिलेको छ ।’

आगामी वर्षमा कर्णाली प्रदेशका सबै जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य लिएको उनको भनाइ छ । उनका अनुसार यस वर्ष कोरोना माहामारीका कारण लकडाउन हुदाँ झण्डै ७ करोडको काराोवार कम भएको छ ।

‘तर हामीकहाँ एक पटक आएको ग्राहक फेरी फर्केर आउँदा खुसी लाग्छ । ग्राहकको भनाइ अनुसार सुजुकीका बाईक र स्कुटर दुबैको पाटपुर्जा बलियो छ । भने खर्च पनि कम आउँछ’ खड्काले थपे, ‘यो प्रतिस्पर्धाको बजार हो । तर प्रतिस्पर्धाको बजारमा सुजुकी पनि कम छैन । त्यो पृष्टि हाम्रा ग्राहकबाटै हुन्छ । अन्य भन्दा हाम्रा ब्राण्ड उत्कृष्ठ माईलेज र पीकअप भएका छन् ।’

उनका अनुसार सुजुकीका एवीएस एफआई सम्मका नयाँ बाईक लन्च भएका छन् । यी बाईक पहाडी –दुर्गम) रुटका लागि पनि उत्तम छन् । यस्तै सुजुकीले दशै, तिहार र छठको अवसरमा प्रत्येक सवारी खरिदमा १२ हजार नगद र १ वर्ष कर छुट तथा ५ वर्ष वारेण्टीको व्यवस्था गरेको छ । साथै किस्ता सर्भिसको पनि व्यवस्था छ । १५ प्रतिशत वार्षिक व्याजमा सवारी मुल्यको ५० प्रतिशत रकम बुझाएर मोटरसाईकल तथा स्कुटर किन्न सकिने सप्लायर्सका सञ्चालक खड्काले बताए ।

तपाईको प्रतिक्रिया