संघर्षको कथा : जसले चित्रकलाबाटै वार्षिक ५ लाख कमाउँछन् (यस्तो छ अचम्मको कला)

जुम्ला । कनकासुन्दरी गाउँपालिका वडा नम्वर २ बोता गाउँका जीवन प्रेम रावतले समयमै चित्रकला नसिकेको भए कोरोना कहरका बेला अहिले समय कटाउन मुस्किल पथ्र्यो । तर, सबै आर्थिक गतिविधि ठप्प भएका बेला पनि अहिले उनी घरमै बसेर मासिक ४० हजार सम्म आम्दानी गर्छन । एसएलसी पास गरेर नयाँ कक्षामा जाने उत्साह खुम्चिएपछि चित्रकलाले उनको जीवन सार्थक बनाएको छ ।

सानै देखी चित्रकलाको भोगी उनलाई पढाईमा सफलतामा मिल्न सकेन । अहिले चित्रकलानै उनको जीवन जीउने आधार बनेको छ । २०७९ सालको एसएलसी परिक्षामा अनुतीर्ण भएपछि उनको औपचारिक शिक्षामा पुर्णविराम लागेको थियो । उनलाई आर्ट सिक्नका लागी अनुकुल वातावरण पनि मिलेन । व्यापारका लागी भारततिर लागे । तर उनी व्यापारमा रम्न र जम्न सकेनन् । व्यापारमा निस्किएका उनी पञ्जाबमा गएर आर्ट सिके ।

‘ सिक्नका लागी म सँग पैंसा थिएन । तर जस्तो सुकै अभावले पनि सिर्जना कहिल्यै मर्दो रहेनछ । ।’ उनले भने। अहिले उनले साईन बोर्ड, होर्डिङ बोर्ड, व्यानर र विभिन्न चित्रका अलवा चेस, लुडो जस्ता सामाग्रि पनि बनाइरहेका छन् । कमाई गर्नकै लागी यहाँका युवा परदेश धाउन्छन । छोराले घरमै बसेर राम्रो कमाई गर्न थालेपछि परिवारमा खुसी छाएको उनका बुवा शेर बहादुर रावतले बताए ।

कालिकोट, मुगु , जुम्ला खलंगा लगाएतका ठाउँबाट घरमा नै अर्डर आउन थालेको उनले जानकारि दिए । जीवन प्रेमलाई आफ्नो सीप र कला देखाउन भिडभाड गरेर चित्रहरु प्रदर्शन गर्ने स्थिति छैन, तर सामाजिक सञ्जालले उनको सीपको विज्ञापन मा सघाएको छ । खष भाषको उद्गम स्थल सिंजा क्षेत्रमा जन्मिएका जीवन प्रेमले गाउँको गौरव बढाएको स्थानीय बम बहादुर रावतले बताउन्छन् । रारा ताल जाने मुल बाटोमै पर्ने बोता गाउँमा उनको चित्रहरुको बयान गर्नेहरुको कमि हुदैछ ।

जीवन प्रेमले आफ्नो वाल्यकाल बिताएको राष्ट्रिय माद्यमिक विद्यालयका पर्खालमा उनको सीप झल्किन्छ । सन्देश मुलक चित्रहरुले सबैको ध्यान केन्द्रित हुने गरेको छ । रारा जाने पर्यटकले चित्रहरु देखेपछि जीवन प्रेमलाई भेटेरै फर्किन्छन । रङले सजिएका हरेक चित्रमा खास अर्थ र सन्देश हुन्छ, तिनै रंगीन चीजबीजमा जीवन्त आवाज खाज्दैछन्,जीवन प्रेम । खष सभ्यता झल्कने चित्र उतार्ने अवको लक्ष्य रहेको जीवन प्रेमले बताए । विहानदेखि साँझ सम्म काममा लागि पर्छन, एकोहोरो ।

‘जति नै समय लागेपनि मनले सोचेको काम पुरा गरेरै छाड्छु, मेरो लागी थकाई भनेको कुन चराको नाम जस्तै हो– मुसुक्क हास्दै सुनाए उनले ।’ २२ वर्षिया जीवन प्रेम रावतको आफू पढेको विद्यालयमा नयाँ चित्रहरु थप्ने प्रयास जारी छ । लकडाउन यता मात्रै उनले साढे दुई लाख जति आम्दानी गरिसकेका छन् । हरेक काममा मेहनत, धैर्यता र लगनशीलता हुने हो भने समाजमा योगय र उदाहरणीय व्याक्ति बन्न सकिने उनि बताउहुन्छ । रिपोर्ट : मानबहादुर कुँवरको सहयोगमा ।

तपाईको प्रतिक्रिया