जुनबेला निरुको ओठमा मुस्कान । मनमा जाँगर र केही अपेक्षा थिए । त्यो बेला दुख थोरै खुसि धेरै थिए । जब निरुको सिन्दुर पुछियो । ओठको मुस्कान खोसियो । सारा जाँगर हराए । सबै अपेक्षा तुहिए । तब दुखका दिन बढ्दै गए । उसको सबै खुसि हरायो । उ एक्लिई, बिछट्टै एक्लिई । निष्ठुरी दैबले मात्र निरुलाई आज एक्लाएको छैन । सारा समाजले पनि उसलाई एक्ल्याएको छ ।
कुनै समयमा धेरै नजिक रहेका निरुका माइति र पोइलीहरु पनि अचेल पँराइ भएका छन् ! किन किन सदभाव साट्नेहरु भन्दा डाहा गर्नेहरु धेरै छन् ! मिरमिरे उज्यालोमा कामले बोलाउन आउने आफन्तहरु पनि अचेल गलत नियतले राति ढोका ढकढकाउँछन् ! सृष्टीलाइ पापै पापले भरीएको स्वार्थी संसारको उपमा दिने निरु जेनतेन बाँची रहेकी छ ! निरु सँग, अचेल न कुनै सन्तुष्टि छ । न कुनै खुसि नै । न कसैको साथ ! कहिले काँही उसलाई जिउनुको पनि अर्थ छैन जस्तो लाग्छ ! तर जिउनै पर्ने बाध्यता पनि छ उ सँग ! किनकी निष्ठुरी दैबसँग सँधै गुनासो गर्ने निरुले एक देशभक्त, देश रक्षक जवान गुमाए पनि अर्को जवान हुर्काउनु छ । उही कालेले छोडेको निशानी (चिनो) भविष्यको आशा र भरोसा छोरालाई ।
बाँच्न मन नभइ नभइ केवल अर्केका लागि बाँचे जस्तो गर्ने निरु आज एक देशभक्त जवान गुमाएर अर्को एक देशभक्त जवान हुर्काउने प्रयत्न गर्दैछ । हाल उसँग भएको त्यो निशानी (छोरा) पनि झण्डै २१ बर्षको हुन लाग्यो । निशानी अहिले सैनिक कलेजमा ब्याजलर लेवल (बीएड) पढ्दैछ ! निरुले सम्हाली राखेको त्यो अर्को जवान निशानीलाई देखेर आज सायद काले अर्थात स्वर्गिय पति नरेशको आत्मा पनि खुसि छ होला !
मनको गाँठो मनमै छ । कलिलो उमेरमा विधुवा भएकी निरु अँधेरी रातमा आफ्नो निशानीलाई पनि आकाश तिर देखाउँथी । तर आज त्योे निशानी पनि कठोर भईसकेको छ । उसलाई आमा बाहेक अरु केही चाँहिदैन ! चाहियोस पनि कसरी । उसले बाबा भन्ने शब्द मात्रै सुनेको छ । बोलेको छैन । सानो छँदा आमालाई सोध्दै बा बा कसलाई र किन भन्छन् आमा ? भन्थ्यो निशानि ! अचेल त सबै बुझ्ने भएको छ । निरु र निशानिसँग काले नभएपनि उसको फोटो मात्रै साथमा छ, !
जुनबेला निरु शाही १४ वर्षकी थिई ! उसलाई विहेको विषयमा खासै थाँहा थिएन ! बालापनको जिवन बिताइरहेकी निरुलाई उसका आमा, बाबाले हतारमा विहे गरिदिने निर्णय गरे ! निरुको बिवाहका लागि उसका बा आमाले केटो पनि हेरी सकेका थिए ! जुम्लाको चलनचल्ती अनुसार निरुको बिहे पनि भयो ! विस्तारै पोइलीघरको रहन सहनमा भिज्दै गएकी निरु सुरसुरुमा सारै खुसि थिइ ! बिहेपछि निरु आफ्नो श्रिमान नरेशलाई मायाले काले भनेर बोलाउथी ! कालेका बाबा र दाइ रिटार्यर नेपाल आर्मी हुन् । घरमा खासै आर्थिक अभाव थिएन ! तर देशमा सशस्त्र द्धोन्द चलिरहेको थियो ! कालेका घरपरिवारले देशमा सशस्त्र द्धोन्द चलिरहेको समयमा आफ्नो जवान छोरालाई घरमा राख्न चाहेनन् ।
अन्तमा सबै परिवारको सल्लाह र कालेको सहमतिका आधारमा दुई बर्षको छोरालाई घरमा छाड्दै निरुको न्यानो माया मनभरी साँची काले नेपाल आर्मीमा जागीर खान गयो ! २०५९ सालमा भर्ती भएको काले देशमा चलेको द्धोन्दका कारण केहि समय घरको सम्पर्क बिहिन बन्यो । त्यो बेला अहिले जस्तो संचार सेवा थिएन ! केही खबर पाउन र दिनका लागि हुलाकबाट चिठिपत्र मार्फत कुराकानि गर्नुपथ्र्यो ! त्यो पनि समयमै कहाँ हुन्थ्यो र ! अहिलेको जस्तो फोन भए कति कुराकानी गर्थिहोला निरु !
निरु र कालेको भरर्खर बिहे भएकोले राम्रोसँग एक अर्काबिच खुलेका पनि थिएनन् ! अर्कोतिर त्यो बेलाको चलन पति, पत्नि खुलेर बोलेपनि समाजले छिछि गथ्र्याे ! सासु ससुराको अघि कुराकानी गर्न मिल्दैन थ्यो ! दिनभर नबोलेर काम गर्दै गर्दा निरुको मनमा रातीको भेटमा धेरै कुराकानी गरुँला सोच्थी ! तर कामको थकाइले सबैकुरा सोचेजस्तो हुदैनथ्यो । अहिले त्यो दिन सम्झेर भोक निन्द्रा नभनी जवानीको उमंग खेर गए जस्तो लाग्छ निरुलाई ।
विस्तारै दिन बित्दै गए । उता काले आार्मीमा भर्ती भएको १ बर्षपछि हुलाकबाट एउटा चिठी आयो ! त्यो चिठीमा कालेले निरुलाई छिट्टै भेट्न बोलाएको थियो । असारको महिना । कालेले निरुलाइ नेपालगंज भेट्न बोलायो ! असारको ब्यस्त काममा मान्छे मरेपनि पर्दाले छोप्नुपर्छ भन्ने जुम्लाको चलन ! निरुलाई भेटने मन भएपनि समयले साथ दिएन । चिठीको जबाफमा निरुले पत्र मार्फत असारमा कालेलाई भेट्न अस्वीकार गरी ! फेरी कालेले पत्र मार्फत जिद्दी गर्दै म भन्दा पनि सम्पती ठुलो भए ठिकैछ भन्यो ! निरुले पनि आखिर भेट्न त कहाँ नचाहेकि हो र ! तर उसलाई घरको कामले बाँधेको थियो । अन्तमा निरुले जाडो महिनामा भेट्ने बाचा गरी । कालेले पनि निरुको बाध्यता बुझ्यो ! निरुको सल्लाहका आधारमा पछि भेट्ने निधो गर्यो ।
पहिले पहिले सासु ससुराको अपार माया पाएकी निरुले एकातिर विस्तारै उनीहरुको माया पनि पाउन छाडी । अर्कोतिर माओबादिले उसलाई दिनदिनै धम्की दिनथाले ! जो कोही सुराकिहरु माओबादिको नाममा श्रीमान खोज्न थालेपछि कति दिन त निरुले धम्की टार्न अन्य परपुरुषलाई आफ्नो श्रीमान भनेर देखाउनुपर्यो । रातिको १ बजे पनि माओबादीहरु धम्की दिदै चन्दा माग्न घरमा आउन थाले । तोकिएको चन्दा नदिए घरमै बम पट्काउने, ज्यान मार्ने जस्ता धम्की दिदै सानो दुधे बालकलाई समेत मार्ने कुरा माओबादीहरु गर्न थाले ।
केही दिनपछि कालेले पठाएको अर्को चिठी प्राप्त भयो । त्यो चिठिमा निरुलाई समेत कालेले आफुसँगै काठ्माडौमा राख्ने प्रस्ताव गरेको थियो । तर त्यो पनि संभव भएन ! किनकी देशको सुरक्षाका लागि राज्यले जता खठायो त्यतै जानुपर्ने भएकाले । एक अर्काबिच भेटेर मनको गाँठो फुकाउन आतुर भएका काले र निरुबिच अनेक कुराकानी र उतार जडाब हुँदा हुँदा भेट नभएको पनि तीन बर्ष बित्यो । निरु घरको काममा र काले देशको सुरक्षामा व्यस्त । तर चाँडै भेट्न आतुर थिए ।
२०६१ मा काले कमाठमाडौंबाट कैलाली सरुवा भयो । कालेको सरुवापछि उनीहरुबिच कैलालीमै ०६१ को मंसिर १३ गते भेट्ने पक्कापक्की भयो । तर के गर्नु दैबको लिला ! सोचेअनुसार कँहा हुन्छ र ! अपसोच काले कैलालिमा सरुवा भएको एक बर्ष नबित्दै, निरुलाई भेट्ने आकांक्षा मनमा साच्दासाच्दै कहिल्यै नभेट्ने गरी आफै संसार छोडेर गयो । २०६१ मंसिर ५ गते कैलालिको सुकडमा रहेको आर्मी क्याम्पमा माओबादिले गरेको हमलामा परी कालेको दुखद निधन भयो ।
यता निरु १३ गते नै कालेलाइ भेट्न जाने तयारी गर्दै थिई । तयारी गर्दागर्दै निरु एकपल्ट झस्की । किनकी कालेले छिटै भेटम नत्र कत्तिबेला के हुने हो थाहाँ छैन भनेको कुरा सम्झेर । चिठीमै कालेले भनेको थियो । निरु अब मलाई धेरै बाँच्छु जस्तो लाग्दैन भनेर । तै पनि निरुले कालेको लागि नासो तयारी गर्दै गइ ! ०६१ मंसिर ५ गते देशको लागि बलिदानी दिएको कालेको घटनाबारे भोलीपल्ट नै सबै गाँउलेलाई थाँहा भइसकेको थियो । त्यो बेला मिडियाका रुपमा रेडियो नेपाल मात्र टिप्थ्यो ! रेडियो नेपालले भनेको समाचारका आधारमा सबै गाँउलेले कालेको मुत्यूबारे थाँहा पाएका थिए ।
निरुका साथीसंगिनिहरुले बिहानपख मल बोक्न जाँदा पनि खासखुस कुरा गर्थै ! निरुले कतै कालेलाई केही त भएको होइन । किन यिनिहरुले खासखुस कुरा गर्छन् भनेर सोच्न थाली । अर्को मनले धेरै समयपछि आफु कालेलाई भेट्न जान लागेको बिषयमा कुरा काट्न थाले सोच्न थाली । त्यस्तै त्यस्तै दोधारकाबिच निरुले सम्पुर्ण तयारी पुरा गरी ! हुँदा हुँदा मंसिर १३ गते भेट्ने दिन आयो ! त्यो बेला यातायातको सुविधा थिएन ! जुम्लामा हवाइ टिकट पनि समयमै पाउन मुस्कील पथ्र्यौ ! टिकटका लागि धुस र पाावस मात्र चल्थ्यो ! निरुसँग त्यो दुबै विकल्प नभएपछि १३ गते जहाजको टिकट पाइन ! तर निरुले १७ गते आर्मीको जहाजमा जाने निर्णय गरी । आर्मिले जाने स्वीकृति पनि दिएको थियो ।
त्यो बेला सम्म निरुका अफन्तहरुले पनि कालेको निधनबारे थाँहा पाइ सकेका थिए । तर आफन्तहरुले श्रीमान भेट्न आतुर निरुको बाटो पनि छेक्न चोहेनन् ! अन्तमा आफन्तहरुले नेपालगंजमा रहेको निशानी अर्थात छोरा बिरामी भएको नाटक गरेर निरुलाई नेपालगंजसम्म पठाउने निर्णय गरे ! कतिपयले जहाज उड्नै लाग्दा पनि रोक्न खोजे ! रोक्न खोज्नेहरुका लागि रिसाएकी निरुले भनि ः मैले घरको सबै काम गरेको छु, पुरै मल बोकेकि छु ! कालेको लागि धेरै सामान तयारी गरेकि छु ! त्यसैले जाँन्छु मेरो बाटो नछेक्नुहोस् ।
निरुको त्यो जिद्दी देखेर कालेको बिषयमा थाँहा पाएका आफ्न्तहरु पनि भित्रभित्रै भक्कानिन थाले । त्यस बिषयमा निरुलाइ कुनै आभास भएन ! निरु आफ्नो श्रीमान काठ्माडौमा छन् । देशको सुरक्षामा बलियो देखिएको स्थान राजधानिमा कालेलाइ केही हुन्न भनेर ढुक्क थिइ । निरुको त्यो जिद्दीलाई मध्यनजर गर्दै आफ्न्तले निरुलाई एक्लै गएर कालेलाई भेट्न सुझाब दिए ! सामान नलिन भने ! तर पनि निरुलाई काले मरेको बिषयमा कत्ति पनि संका लागेन !
त्यो बेला निरुका अन्य घरपरीवार नेपालगंजमा जग्गा लिएर बस्न थालेका थिए । नजिकका आफ्न्तहरुले घरमा एक्लै रहेकी निरुलाइ कतैँ केही हुन्छ कि, भनेर प्रत्यक्ष निगरानी गर्नथाले । निरु १७ गते बिहान जहाजमा जाने अठोटका साथ तयारी भई । सोही साँझ घरमा आएका सबै आफ्न्तहरुले खाना खाँदा पनि खाए जस्तो मात्र गरेका थिए ! निरुले जहाजले अनुमति दिने १६ किलो सामान लिनुपर्नेमा बरु पैसा तिरेर भएपनि कालेका लागि भन्दै धेरै सामान तयार गरेकि थिई ।
१७ गते बिहान अब त, पक्का श्रीमानलाई भेट्न जाने भँए भन्ने खुसिले निरु रातो सारीमा रातै ब्लाउज लगाएर सजिई ! तर हतारमा निरुले हिड्दा सिन्दुर लगाउन बिर्सि ! निरु घरबाट हिडेको चार पाइलामै उसको खुट्टामा लगाएको चप्पल चुडियो ! निरुसँग अर्को फेर्ने चप्पल नभएपछि उसले आफ्नो आमाजुको चप्पल मागेर लगाई ! अन्तमा निरु आफ्नो ढिप्पीले नेपालगंगमा रहेको उसको साइला बुबाको घरमा पुगि ! घर नजिकै निरु पुग्दा नपुग्दै उसलाई देखेर आफन्तहरु रुन थाले । तर पनि निरुले धेरै समयपछि भेट हँुदा यो खुसिको आँसु बगेको हुनसक्छ भनेर सम्झी ।
त्यतिखेर निरुको बुबा सुर्खेतमा बस्थ्ये ! हतारमा निरु आएको खबर पाएपछि नेपालगंज झरे । निरुकी दिदि पनि त्यतै झरीन् ! धेरै बर्षपछि आफ्नो छोरालाई नभेटेकी निरुले छोरालाई समेत चिनिन ! पहिले भन्दा निकै परिवर्तन भएर निशानी ठुलो भइसकेको थियो । तर सासु ससुरालाई सेतो कपडामा देख्दा निरु झस्की र एक्कासी कराँउन थाली । कराउदै निरु पल्टी र बेहोस् भइ । बेहोस्मै निरुको हातको चुरा र पोतेहरु उसको दाजु र भाउजुले झिकि दिए । त्यसपछि निरुका दुखका दिन सुरु भए । चाडै श्रीमान भेट्ने सपनासँगै सबै खुसी गुम्यो । अहिले आफ्नो निशानीसँग खुसीले बसे पनि निरुलाई पीडाले पोलिरहेको छ ।
नेपालीरैबार । २०७७ कार्तिक ८, शनिबार