दुई ठुला विद्यार्थी संगठनहरु अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) मिलेर हाल एकिकृत संगठन बनाइएको छ । अनेरास्ववियूले विभिन्न समस्यामा परेका विद्यार्थीहरुको अधिकारका लागि आवाज उठाउँदै आएको छ । यसैबिच अनेरास्ववियू दैलेख जिल्ला संयोजकको जिम्मेवारी पाएका अर्जुनकुमार बुढासँग कोरोना महामारीमा संगठनको भुमिका र जिल्ला एकताबारे दिनेश बुढाले गरेको कुराकानी सारांश प्रस्तुत ः
तपाईंको राजनीतिक यात्रा कहाँ र कहिलेदेखि सुरुवात भयो ?
म जन्मिएको ०४८ सालमा दैलेख जिल्लाको ठाटिँकाध गाउँपालिका ३ साविकको बिशाला गाविस वडा नम्बर १ को तल्लछानामा हो । मेरो राजनितिक यात्रा भनेको विद्यालयबाट सुरुवात भएको हो । तर पाँच वर्षको उमेर सम्ममा मलाई राजनीतिको विषयमा कुनै जानकारी थिएन् । तर राजनीतिको विषयमा नभइ विशेष गरी देशको बारेमा चिन्तन गर्न मन धेरै लाग्थ्यो ।
पछिगएर विस्तारै राजनीतिक विषयहरु मेरो मनमा धेरै नै खेल्न थाल्यो । उमेर पनि बढ्दै गयो । त्योबेला नेपालमा जनयुद्ध भइरहेको थियो । मेरो बुबापनि सानै उमेरदेखी नेकपा माओवादी पार्टिमा आवद्ध हुनुहुन्थ्यो । र २०३९ सालमा पञ्च्यात व्यवस्थाको समयमा वडा व्यवस्थापनको सदस्य समेत हुनुहुन्थ्यो । त्यसपछि २०५९ सालमा मेरो बुबा नेकपा माओवादीमा भुमिगत भएका कारण हाम्रो घरमा पार्टिका मान्छेहरुको आवतजावत अलि बढि भयो । उक्त अवसरमा म पनि उहाँहरुबाट राजनीतिको विषयमा जान्न थाले ।
बिस्तारै बुबाको विभिन्न पार्टिको कार्यक्रममा म पनि सहभागि भए । पछि आफु पढेको स्थानीय विद्यालय भवानी माद्यायमिक विद्यालय बाहाकोटको २०६८ सालमा अखिल क्रान्तिकारीबाट अध्यक्ष भइसकेपछि मेरो राजनीतिक यात्रा सुरु भयो । त्यसपछि २०६८ को पौषमा भएको सातौ जिल्ला सम्मेलनमा अखिल क्रान्तिकारी जिल्लाको सदस्य, २०६९ मा जिल्लाको सह–संयोजक, २०७२ मा जिल्लाको उपा–अध्यक्ष, २०७४ सालमा जिल्ला अध्यक्ष र हाल देशका दुई शक्तिशाली पार्टि एकतापछि अनेरास्वयिू दैलेखको जिल्ला संयोजकको रुपमा रहेको छु ।
संयोजकको रुपमा रहेर काम गर्न कत्तिको चुनौती रहेछ ?
पुर्व ठुला–ठुला दुई वटा पार्टिको वर्गसंघठनमा रहेको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी बिचमा असोज २८ र २९ गते हाम्रो जिल्लाको एकाता टुंगिएको छ । यसमा काम गर्दा केही चुनौती र अफ्ठ्याराहरु पनि छन् । यो स्वभाविक नै हो । र काम गदैँजादाँ केही त्यस्ता चुनौती पनि नआएका होइनन् । तर समाधान पनि गरियो । हाम्रो संगठनले दैलेखको हकमा विगतको समयमा त्यति गति लिन नसकेको हो । अहिले संगठनका गतिविधि तिब्र पारिएको छ । काम गदैँ गर्दा आएका समस्या तथा चुनौतीहरुलाई समधानको लागि सबै मिलेर लाग्न पनि अनुरोध गर्दछु ।
६१ सदस्यीय अनेरास्ववियुको एकता टुंगिएको छ । यसको छनौट प्रक्रिया कसरी गरियो ?
कुनै पनि काम गर्दा प्रक्रिया र नियमलाई आधार मानेर काम गर्नुपर्ने हुन्छ । हामिले त्यसैलाई आाधर मानेर यो एकता समपन्न गरेका छौँ । विभिन्न निति तथा विद्यान अनुरुप हामिले जिल्लाको एकता गठन गरेका छौँ । विद्यान अनुसार निर्वाचनको आधारमा एकताको संख्या निर्धारण गरिएको छ । त्यसै अनुरुप हामिले काम गरेका छौँ । विद्यानमा १ वटा निवार्चन क्षेत्र भएको जिल्लामा ५१ जना सदस्यीय र दुई वटा क्षेत्र भएको जिल्लामा ६१ सदस्यीय बनाउँने प्रवाधानको आधारमा हामिले जिल्ला कमिटिको एकता टुंग्यो लगाएका छौँ । जसमा ७ सदस्यीय जिल्ला कार्यालय, २१ सदस्यीय जिल्ला सचिवालय र ६१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।
एकता प्रक्रियामा नातावाद, किर्पावाद भयो भन्ने विद्यार्थीको गुनासो छ नी ?
यो नातावाद, किर्पावाद भन्ने शव्द नै एकदम गलत छ । यो शव्द मलाई कतिपनि मन पर्दैन् । कुनै पनि काम गर्दा कहिले पनि नातावाद, किर्पावाद हुनुहुदैँन् । हाम्रो यस दैलेख जिल्लाको अनेरास्ववियु एकता गठनमा पनि कुनै प्रक्रियामा नातावाद, किर्पावाद पट्कै भएको छैन् । हामिले काम गदैँ अगाडी बढ्दा स्वाभिक रुपमा केही साथीहरु छुट्नु भएको छ । र जुन संगठनमा आउँनुपर्ने साथीहरु आईसकन्नु भएको छ । छुटेका साथीहरु भने नितिगत रुपमा काम गर्दा छुट्नु भएको हो । उक्त साथीहरुको क्षमता कम भएर छुट्नु चाहिँ पट्कै भएको होइन् । यो एकता गठन गर्ने प्रक्रिया अनुसार तथा विद्यानलाई टेकेर जादाँ केही साथी छुट्नु भएको हो । यो छनोट प्रक्रियामा पार्टिका सबै व्यक्तिहरुको सल्लाह–सुझाव अनुसार नै टुंगाएका छौँ ।
अनेरास्ववियुले अब चाल्ने कदमहरु के–के हुन् ?
दैलेख जिल्ला एकदमै विकट जिल्ला पनि हो । किनभने दैलेख जिल्लाका पश्चिम क्षेत्रहरु धेरै दुर्गम छन् । त्यहाँ अझै पनि मोटरबाटो पुग्न सकेको छैन । उक्त ठाउँका विद्यार्थीका लागि समस्याहरु भएको विभिन्न माध्यमबाट आएका छन् । त्यसैले अनेरास्ववियूले अब चाल्ने पहलहरुमा नयाँ प्रकारको भिजन तथा योजना बनाएर जाने छौँ । बालबालिकाको हक, सडक बालबालिकाहरुमा हुने हिंसा, अपहेलना जस्ता विभिन्न किसिमका समस्याहरु समाजमा रहेका छन् । र समुदायभित्र हुने विभिन्न समस्या समाधानका लागि अब हामिले भिजनका साथ अगाडी जान्छौँ । र प्रत्येक विद्यालयमा यो कार्यक्रम सँगसँगै चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नेछौँ ।
पछिल्लो समय स–साना उमेरका विद्यार्थीहरुलाई राजनीतिमा किन सक्रिय बनाइन्छ । यो गलत होइन र ?
स–साना बालबालिकालाई उनीहरुको इच्छा विपरित राजनीतिमा लगाइएको होइन । उनीहरु विद्यार्थी संगठनबाट केही नयाँ सिकुन र आफ्नो अधिकारका लागि आफै बोल्न सक्ने हुन भन्ने हो । तर बालबालिकाहरुले राजनीतिक गर्नु हुदैँनभन्ने पनि होइन् । बालबालिकाले आफ्नो शिक्षासंगै राजनीति गर्न जरुरी छ । किनभने आफ्नो अधिकार प्राप्तगर्नको लागि विद्यार्थीले राजनिति गर्न आवश्यक रहेको छ । पछि देशको मन्त्री, प्रधानमन्त्री पनि सानै उमेरबाट राजनीतिक यात्रामा ग्रसर भएर मात्र सम्भव हुने हो । तर राजनीतिको नाममा कुनै पनि बालबालिका वा विद्यार्थीहरु आफु खुसी अगाडी बढ्नु राम्रो कुरा हो । तर जवरजस्ती राजनीतिमा लगाउँनु गलत हो ।
कर्णाली प्रदेशको नेकपामा देखिएको पछिल्लो राजनीतिक बिवादबारे तपाईंको बिचार के छ ?
मेरो उहाँहरुलाई सानो सुझाब के छ भने मैले पनि विभिन्न समाचारमा सुनेको आधारमा पार्टि भित्रको आफ्नै विद्यान र निति नियम नमिलेका कारण केही समस्या उत्पन्न भएर अविश्वासको प्रस्ताव आएको हो भन्ने छ । तर यो कोरोना माहामारीले विश्व नै मच्चाएको बेला आर्थिक, समाजिक जस्ता क्षेत्रहरुमा ठुलो असर पु¥याएको छ । यस्तो समयमा जनताहरुले सरकारको आश गरिरहेका बेला अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने र बनाउँने प्रक्रिया जनतामुखी, जनतानिर्भर र जनताको पक्षमा हुनुपर्छ । भन्ने मेरो धारणा मात्रै हो ।
अन्त्यमा कोरोना कहर पनि उस्तै छ । चाडपर्व पनि आएका छन् । केही भन्नु छ ?
कोरोनाले हाल आतंक मच्चाईरहेको बेला चाडपर्व सुरक्षित तरिकाले मनाउँ । कोरोना भाइरससँगको लडाइ अझैँ पनि सकिएको छैन । यसलाई पराजित गर्नको लागि सरकारको नियमलाई पुर्ण रुपमा पालना गरौँ । साथै हिन्दु नेपालिहरुको महान पर्व दशैं, तिहा जस्ता चाडवाडमा ख्याल गरौ । आफु पनि सुरक्षि रहौं र अरुलाई पनि सरक्षित बनाउँ । सबैलाई मेरो तर्फबाट र हाम्रो संगठनको तर्फबाट शुभकामना व्यक्त गर्दछु । धन्यावाद ।
नेपालीरैबार । २०७७ कार्तिक १०, सोमबार