विश्वका अधिकांश देशमा अहिले कोरोना भाइरस (कोभिड–१९) को माहामारीले सताएको छ । छिमेकी देश चीनको वुहानबाट फैलिएको यो भाइरस हाल विश्वका कुना–कुनासम्म पुगेको हो । पहिला–पहिला कतिपय मानिसहरुले कोरोना एक हाउँगुजी र भ्रम मात्र भएको तर्क गरे । भने कतिपयले त ख्यालख्यालमा यसबाट बच्नको लागि स्वास्थ्य मापदण्ड समेत अपनाएनन् । जसले गर्दा कोरोना भाइरस (कोभिड–१९) ले उर्ग रुप लिदै गयो ।
चीनको वुहानबाट यात्रा सुरु गरेको भाइरसले हाल विश्वका धेरै देशसँगै नेपालमा पनि ठुलो असर पारेको छ । नेपालमा पनि विस्तारै संक्रमण बढ्दै गएको छ । नेपाल सरकारले नेपालमा कोरोना नफैलनुभन्दा पहिले भारतसँग सिमा जोडिएका नाका सबै खुल्ला गरेको थियो । तर संक्रमणको जोखिम बढेपछि गत चैत १० गते भित्र भारतमा रोजगारीका लागि गरएका नेपालीलाई स्वदेश फर्किन अनुुरोध ग¥यो । सरकारको निर्यण जानकारी भएकाहरु स्वदेश फर्किए पनि । सरकरले गत चैत ११ गतेबाट पुरै देश लकडाउन ग¥यो ।
सरकारको निर्यण बल्बतल्ल सुनेका नेपालीलाई भने तत्काल स्वदेश फर्किन गा¥हो भयो । फर्किका केही नेपालीहरु पनि बाटोमै कयौँदिन अलपत्र परे । अधिकांश नागरिक महिना दिनसम्म भोक–भोकै हिँडेर पनि घर पुगे । त्यतीखेर समस्या समाधानको लागि सरकारले खासैै चासो देखाएन । बरु प्रहरीको बल प्रयोग गरेर नागरिकलाई दुख दिईयो । स्थानीय जनप्रतिनिधि तथा सासंदहरुले कोरोनाका कारण भारत तथा तेस्रो मुलुकबाट स्वदेश फर्किने नेपाली नागरिकको लागि उद्धार गर्न होडबाजी गरे ।
संघीय तथा प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै बजेट छुट्याएर धमाधम आफुखुसी खर्च गरे केही रकम त फ्रिज समेत भयो । उक्त रकम अलपत्र नागरिकको उद्धार, क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापनमा खर्च गरिएपनि प्रभावकारी हुन सकेन । उल्टै अलपत्र नागरिकलाई चर्को सवारी भाडादर कायम गरियो । भने क्वारेन्टाइन तथा कोरोना पीसीआर परिक्षणको समेत रकम तिर्न लगाइयो । यसले गर्दा झन् तेस्रो मुलकबाट घर आउने नागरिक लुकिछिपि घर आउन बाध्य भए ।
यसरी घर पुगेकालाई क्वारेन्टाइन लगिए पनि कतिपयले रातीको समयमा घर जाने र विहानपख फेरी क्वारेन्टाइन आएर बस्ने गरे । यसले गर्दा कोरोना भाइरसको संक्रमण समुदायमै फैलन थाल्यो । यस कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण कर्णालीप्रदेश अन्तरर्गतको दैलेख जिल्लामा सबै भन्दापहिले देखियो । त्यसपछि दिन प्रतिदिन संक्रमण फैलदै गयो । यसले मानव जाती समापनको तरंग समेत ल्यायो । केही व्यक्तीहरु चकित पनि परे । केही त अच्मित भए । धेरै जसो व्यक्तीहरु डराएँ । दिन दुईगुना रात चौगुनाका दरले कोरोना समुदाय स्तरमै फैलियो ।
सरकारको निर्यण साबुन पानिले हातधुने, माक्सको प्रयोग अनिर्वाय, सेनिटाइजर दल्ने, घर भित्रै बस्ने लगाएतका निर्देशनको पालना केही हदसम्म गरे पनि अन्तत नागरिकले नै अटेर गर्न थाले । यस भाइरसले सबैतिरको दैनिकिलाई असहज बनायो । कतिपय सरकारी पेशामा आवद्ध कर्मचारीहरुको समेत रोजगारी गुम्यो । भने अन्य नागरिक जो काम गरी खानेको हालत कस्तो भयो होला ? भाइरसकै कारणले हाल निजी क्षेत्रमा काम गर्ने नागरिकलाई वेरोजगार बनायो । त्यसमा पनि बिहान काम गरेर साझँ घरमा चुल्लो बाल्ने नागरिकहरुलाई यस भाइरसले पार्नूसम्म थला पारेको छ । दैनिक काम गरेर साझँ हातमुख जोड्नेहरुको लागि यस महामारीले भुल्ननै नसकिने दुःख दिएको छ ।
कोरोना माहामारीले गर्दा हाल दैलेखको अर्थतन्त्रमा समेत ठुलो असर परेको छ । स–साना व्यापारीदेखि करोडपतिलाई ऋणले रोडपति बनाइदिएको छ । विश्वव्यापी माहामारीको रुपमा देखापरेको कोरोना भाइरसले विश्वव्यापी रुपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेपनि दैलेखको अर्थतन्त्र पुरै खस्किएको देखिन्छ । वैदेशिक रोजगारीका लागी नेपालबाट तेस्रो मुलुक तथा भारत गएका दाजुभाइ तथा दिदिबहिनिले रोजगारी गुमाएर घर फर्केका छन् । विदेशमा गएर दुईचार पैसा कमाएर जिविकोपार्जन गर्ने त्यस्ता दैलेखी नागरिकहरुलाई अहिले गाउँमा खाली बसेर घर व्यावहार चलाउन मुस्किल छ । आर्थिक अवस्था कमजोर भएपछि एकगास खानको लागि फेरी कतिपय नागरिक विदेश तर्फ जाने योजनामा छन् ।
व्यापार नै खल्बलिएको छ । भने पर्यटन तथा होटल उद्योग ठप्प छन् । यसले पनि दैलेखको अर्थतन्त्रमा प्रभाव पारेको हो । विश्वका शक्तिशाली राष्ट्रहरुलाई थला पारेको कोरोनाले नेपाललाई झनै दैलेख जस्तो जिल्लालाई असर नपार्ने कुरै भएन । सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण यातायात सेवाहरु सबै बन्दभएपछि कतिपयको रोजगारी गुम्यो भने कतिपय ऋणले डुब्दै गए । यात्रुहरु आफ्नो कर्म तथा जन्मथलो समेत जान पाएनन् । दैलेखमा सञ्चालन आएका कैयौँ उद्योग व्यावसाय, होटेलहरु सुनसान छन । होटेल, सिमेन्ट, छड, ईटा, जस्तापाता, कस्मेटीक, काँचो कपडा, तयारी पोषाक, खाद्य, खुद्रा पसल लगाएतका व्यवसाय समेत धरापमा छन् । सबै कामधन्दा बन्द हुँदा सामाग्री खपत घटेपछि आर्थिक कारोवार खुम्चीएको छ ।
कोरोना माहामारीका कारण मानिसहरुको दैनिकी बदलीएको छ । नेपाल सरकारले लकडाउँन हटाइसकेता पनि बेलाबेला हुने निषेधाज्ञाले यातायात तथा बजार बन्द हुने हुदाँ किसानले उत्पादन गरेका कृषि जन्य बस्तुहरु खपत हुन नसकेपछी उद्योगहरुले आफ्नो उत्पादनमा कटौती समेत शुरु गरिसकेका छन । यसको प्रत्यक्ष असर कामदारसँग आश्रीत वृद्धवृद्धा बालबालीका एवं अपाङ्गता भएका व्यक्तिहरुमा समेत परेको छ । दैनिक उपभोग्य खाद्य सामाग्री दाल, चामल, नुन, तेलको व्यवसाय गर्दै आएका थोक तथा फुटकर बिक्रेताकोहरुको व्यावसाय समेत ठप्प हुदाँ दैलेखको आर्थिक क्षेत्रमा दैलेखीवासीले धेरै घाटा व्याहोर्नु परेको छ ।
कोरोना फैलिन सुरु हुदाँ नै कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेख कोरोना इपिसेन्टरका रुपमा यथावत रहेको छ । दैलेखमा कोरोना रोकथाम र नियन्त्रणमा अहिलेसम्म करोडौं रकम खर्च भएको विभिन्न सञ्चार माध्यमहरुले बताएका छन् । दैलेख जिल्लामा ११ वटा स्थानीय तहहरु रहेका छन् । ११ स्थानीय तहमा क्वारेन्टाइन व्यवस्थापनमै उक्त रकम खर्च भएको हो । तर क्वारेन्टाइन भने गुणस्तिरिय नभएको प्रष्ट देखिन्छ । यसले गर्दा एकातर्फ राज्यको बजेट अनियमितता बढ्दै गएको छ । भने अर्कोतिर नीजि व्यवसाय धरापमा छन् । नागरिकलाई रोग भन्दा भोकको चिन्ता बढेको छ । जिल्लाको अर्थतन्त्र खुस्किएको छ । अब यीनै विविध कुरालाई मध्यनजर गरी सोही अनुसारको रणनीति बनाएर सरकार अघि बढ्न जरुरी छ ।
दिनेश बुढा । २०७७ कार्तिक ११, मंगलवार