सेल्सपछि सर्भिस राम्रो हुदाँ TVS का टेम्पो बढि रुचाईए

सुर्खेत । आ–आफ्ना ब्राण्डका सवारी बिक्रिका लागि विभिन्न कम्पनीहरुले ग्राहक तानातान गर्नुपर्ने अवस्था छ । विभिन्न पर्व तथा अवसरमा विशेष उपहार तथा छुटका साथ बजारमा कम्पनीहरुले सवारी साधान बिक्रिमा प्रतिस्पर्धा गरिरहेका छन् ।

तर सबै ग्राहकको रुचि भने एउटै छैन । कसैलाई कुनै कम्पनीको कुनै एक ब्राण्डको अटोरिक्सा मनपर्छ । त कसैलाई अर्के कम्पनीको अर्कै ब्राण्ड मनपर्छ । जसलाई जे मन परेपनि अन्नत ः सबै ग्राहकको चाहाना एउटै छ । त्यो हो, सस्तो, बलियो र भरपर्दो साधान पाईयोस र दिगोसम्म टिकोस् भन्ने ।

यसैबिच कर्णाली प्रदेशलाई टार्गेटमा राखेर सुर्खेतमा स्थापना गरिएका विभिन्न कम्पनीका डिलरहरुले धमाधम टेम्पो ९अटोरिक्सा० बेच्दै आएका छन् । जसमध्ये एक, TVS कम्पनीका टेम्पो (अटोमोबाईल्स) बेच्दै आएको सिद्धि सप्लायर्सले सेल्सपछि सर्भिस राम्रो हुदाँ बजारमा सबैभन्दा बढी TVS का टेम्पो बढि रुचाईएको दावी गरेको छ ।

‘सेल्सपछि हामीले सर्भिस राम्रो दिदै आएका छौं । हाम्रा ग्राहकहरु हामीसँग खुसी छन् । प्रतिस्पर्धाको बजारमा सबैभन्दा बढी जो चल्यो त्यही टेम्पो किन्ने चलन छ’ सप्लायर्सका सञ्चालक प्रकाश उप्रेतीले भने, ‘तर सर्भिससँगै सजिलै पाटपुर्जा पाईने र पहाडी रुटका लागि TVS का ब्राण्ड उत्तम भएकाले हाम्रो कम्पनीका टेम्पो बढी बिक्रि भएका छन् ।’

उनका अनुसार TVS का टेम्पो माईलेज र पिकअप राम्रो भएकाले सजिलै पहाडी रुटमा गुड्दा ग्राहकको आकर्षण बढेको हो । उनले ३ वर्षको अवधिमा कर्णाली प्रदेशभर पाँच सय बढी टेम्पो बिक्रि गरिसकेका छन् । ‘टेम्पोले हाम्रो व्यापार मात्रै बढाएको छैन । धेरैलाई स्वरोजगार पनि बनाएको छ’ नेपाली रैबारसँग उनले थपे, ‘अधिकांश बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुले टेम्पो किनेका छन् । घरमै बसेर मासिक ३०÷४० हजार कमाई हुन्छ भने विदेश किन जाने रु’

उनका अनुसार सप्लायर्सले टेम्पो बेचेर बार्षिक १४ करोडसम्मको कारोवा गर्दै आएको छ । अहिले प्रति टेम्पोको मुल्य ६ लाख १० हजार छ । टेम्पो किन्न चाहानेका लागि मुल्यको आधा रकम बुझाएर बाँकी रकम २ वर्षभित्र निव्र्याजी रुपमा किस्ताबन्दी तिर्न सकिने व्यवस्था गरिहेको सञ्चालक उप्रेतीले बताए । दशै, तिहारको अवसरमा टेम्पो किन्न चाहानेका लागि फ्रिज, टिभि र मोबाईल सहित स्क्रिमको अफर छ ।

तपाईको प्रतिक्रिया