सुर्खेत । बजाजले १६० स्ट्रीटको एभेन्जर मोटरसाइकल बजारमा ल्याएको छ । बजाज कम्पनीले देशभरका शाखाहरुसँगै सुर्खेतको असिम मोटर पार्टसबाट एकैसाथ १६० स्ट्रीटको एभेन्जर मोटरसाईकल लन्च गरेको हो । यस एभेन्जर मोटरसाईकलको बजार मुल्य ३ लाख १९ हजार ९ सय रहेको छ ।
पहाडी रुटका लागि सस्तो, बलियो र भरपर्दो मानिएको १६० स्ट्रीटको एभेन्जर यसअघि अन्य देशमा चलेको थियो । नेपालमा पनि यसको माग बढेपछि देशभर लन्च गरिएको हो । असिम मोटर पार्टसका सञ्चालक लक्ष्मण कँडेलले हिमाल, पहाडसँगै तराईमा पनि बजाज कम्पनीका ब्राण्ड उत्तम मानिएकाले बजाज ब्राण्डले ग्राहकको मन जित्न सफल भएको बताए ।
कर्णालीमा अन्य ब्राण्डभन्दा बजाजका सवारी साधान र सर्भिस राम्रो तथा खोजेको बेला पार्टस्हरु पाईने हुदाँ ग्राहकको बजाजप्रति आकर्षण बढेको उनको भनाइ छ । बजाजका अन्य ब्राण्ड जस्तै १६० स्ट्रीटको एभेन्जरलाई पनि माया गरेर प्रयोग गरिदिन उनको अनुरोध छ । एभेन्जर प्रयोगपछि दिगो र बलियो भएको ग्राहकले आफै महसुश गर्ने उनले बताए ।
उनले कर्णालीमा पहिलो पटक २०५६ सालमा मोटरसाईकलको स्वरुम खोलेर कर्णालीवासीलाई मोटरसाईकल चढ्ने बानीको विकास गरेका हुन्् । अहिले वीरेन्द्रनगरसँगै असिम मोटर पार्टस्का शाखाहरु कर्णालीका १० स्थानमा खोलिएका छन् । सुरुमा उनले शाखा खोल्दा सुर्खेतमा एउटा बाईक मर्मत सेन्टरमात्रै रहेको थियो ।
सुरेश आचार्य । २०७७ आश्विन १५, बिहीबार