सोती घटना : न्यायको माग गर्दै अदालत बाहिर पीडित परिवारको नाराबाजी

जाजरकोट । गएको जेठ १० गते साँझ जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षिय युवा नवराज विक चौरजहारी नगरपालिका सोती निवासी मल्ल थरकी प्रेमिका लिन सोती गाउँ पुगेका थिए । आफ्नो प्रेमिका लिन भनि १९ जना युवा लिएर शनिवार विक प्रेमिकाको घरमा पुगेका थिए । जातिय विभेद्का कारणले रुकुम पश्चिमको सोती गाउँका स्थानीयद्वारा ६ जनाको ज्यान गएको थियो ।

उक्त घटनामा संलग्नता भएको अभियोगमा ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेद्भाव लगायतको अभियोगमा पश्चिम रुकुम जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । प्रतिवादी बनाइएकोमा ३३ जनालार्ई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेद्भावको कसुर र एक जनालार्ई मतियारको रूपमा मुद्दा दर्ता भएको थियो ।

उक्त कसुरको आरोपीमध्ये वडाध्यक्षसहित २३ जनालार्ई अदालतले असार १० गते पुर्पक्षको लागि थुनामा पठाएको थियो । थुनछेक बहस सकिएपछि वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालार्ई पुर्पक्षको लागि कारागारमा पठाउन आदेश दिएको थियो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । जाजरकाेटबाट प्रकाशित भेरीमालिका दैनिकमा रेशम बहादुर खड्काकाे बाइलाइनमा समाचार छापिएकाे छ ।

सोती घटनामा २९ जना पक्राउ परेकोमा अदालतले दुई जनालार्ई सुधार गृहमा पठाउन आदेश दिएको थियो । यस्तै तीन जनालार्ई तारेखमा र एक जनालार्ई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त घटनापछि कर्तव्य ज्यान, मार्ने उद्योग र जातीय छुवाछुत मुद्दामा बाल सुधारमा रहेका २ पुर्पपक्षका लागि थुनामा रहेका २० जनाका पारिवारिक सदस्यहरुले उच्च अदालत सुर्खेतमा सरकारविरुद्ध निवेदन दिएका थिए ।

रुकुम जिल्ला अदालतले असार ८ गते गरेको बेरितको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा परेको ७३ नं को निवेदनमा निरन्तर सुनुवाई भईरहेको छ । सुनुवाइमा आर्थिक चलखेल भएको भन्दै पीडित परिवारहरुले अदालत अगाडी नाराबाजी गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका पीडित परिवारहरुले ‘दोषिलार्ई कारबाही गर ! अदालको फैसला कार्यान्वयन गर ! योजनाकार वडाध्यक्ष मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए ।

पीडितहरु अहिलेसम्म न्यायको महसुस नगरेको मृतक सन्जु बि.क.का बाबु बलराम बि.क.ले बताए । ‘सोती गाउँमा मान्छेले योजनाबद्ध कुटिकुटि भेरीमा फालेका छन् ।’ उनले भने, ‘न्याय पाउने आशा हरायो । सत्ताको आडमा घटनाको ढाकछोप गर्न खोजिएको छ ।’

सरकारी वकिललार्ई बहस गर्न जाँदा प्रहरीले समेत छेक्नु उच्च अदालत सुर्खेतप्रति शंका गर्नुपर्ने उनको आरोप छ । असोज १५ गते प्रतिवादी पक्षको सुनुवाइका क्रममा बहस गर्न गएका सरकारी वकिललार्ई प्रहरीले रोक लगाएको उनले बताए ।

यस्तै घटनाका दोषिलार्ई जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसला पीडितको पक्षमा रहेको नवराज विकका बुवा मनलाल बिकले बताए । ‘आखिर दलित भएकै कारण अहिले न्याय पाउने आशा हराएको छ ।’ उनले भने, ‘पश्चिम रुकुमको जिल्ला अदालतमा थुनछेक बहस हँुदा पीडकहरुको पक्षमा ओकालत गर्ने वकिलहरुलार्ई जिल्ला समन्वय समितिको गाडीले ओसार पोसार ग¥यो । हामीलार्ई ट्याक्टरसमेत भएन । सत्ता र शक्तिको आडमा जनप्रतिनिधिद्वारा ढाकछोपको प्रयास भएको छ ।’

उच्च अदालत सुर्खेतमा घटनाको तोडमोडका लागि आर्थिक चलखेल सुरु भएको सुन्नमा आएको बिकको आरोप छ । जाजरकोटकै ब्यक्तिमार्फत उच्च अदालतमा पैसाको झोला भित्रियो भन्न सुन्नमा आएको बिकले बताए । ‘खाउँ भने खाना छैन । पैसामै घटना मोलमोलाउ हुन थाल्यो ।’ उनले थपे, ‘सरकारले न्याय दिन नसके हामीलार्ई पनि मारिदिए हुन्छ ।’

दलित भएकै कारण ज्यान गुमाउनुपर्ने भए हाँसिहाँसि ज्यान बलिदानी गर्ने बिकले बताए । सुनुवाई जारी रहँदा अदालत बाहिर नवराज बिकसहित ६ जनाको न्यायाको पक्षमा नाराबाजी जारी राख्ने पीडित परिवारको भनाइ छ ।

जिल्ला अदालत रुकुम पश्चिमले सत्यतथ्य अनुसन्धान बिना पीडक पक्षलार्ई गरेको फैसला न्यायोजित नभएको दाबी गर्दै आएको छ । घटनाको बहस आगामी असोज २२ गते तोकिएको छ ।

तपाईको प्रतिक्रिया