एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न ६ खेलहरु हुँदैछ ।
बुन्डेसलिगामा शनिबार बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग, होफेनहाइम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
डर्टमण्डले घरेलु मैदानमा फ्राइबर्गसँग खेल्नेछ । डर्टमण्ड घरेलु मैदानमा फ्राइबर्गलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।
फ्राइबर्ग पनि डर्टमण्डलाई हराएर दोस्रो जित निकाल्ने योजनामा हुनेछ । लाइपजिगले घरेलु मैदानमै साल्केसँग खेल्नेछ । घरेलु मैदानमा लाइपजिग दोस्रो जितको खोजीमा हुनेछ ।
अघिल्ला दुई खेल गुमाएको साल्के भने पहिलो अंक जोड्ने योजनामा हुनेछ । लिग लिडर होफेनहाइमले आइनट्राख्ट फ्रान्कफुर्टसँग उसैको मैदानमा खेल्नेछ ।
अघिल्लो दुई खेलमा अपराजित होफेनहाइम ह्याट्रिक जितको खोजीमा हुनेछ । फ्रान्कफुर्ट भने दोस्रो जित निकाल्ने योजनामा हुनेछ फ्रान्कफुर्ट यस्तै कोल्नले बोरुसिया मन्छेनग्लाडबाखसँग खेल्दा बायार लेवरकुसनले स्टुटगार्डसँग खेल्नेछ । त्यस्तै भेरडाआ ब्रेमेनले अर्मिनियासँग खेल्नेछ ।
नेपालीरैबार । २०७७ आश्विन १७, शनिबार