भेरी नगरपालिकाको प्रगति : एक वर्षमै बने ३३ वटा सडक र २७ वटा भवन

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले ७५ प्रतिशत बित्तिय प्रगति सार्वजनिक गरेको छ । नगरपालिकाले शुक्रवार सार्वजनिक गरेको वार्षिक समीक्षा गोष्ठीमा प्रगति बिवरण सार्वजनिक गरेको हो । खानेपानी, सडक, सिंचाई, भवन, पुल लगाएतका बिकास निर्माणका आयोजनाहरुको ६ वटा क्षेत्र निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद कोइरालाले जानकारी दिए ।

नगरपालिकाले छनौट गरेका १ सय २३ वटा आयोजनाहरुमध्ये १ सय १६ वटा आयोजनाहरु सम्पन्न भएको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । निर्माणको लक्ष्य लिएका आयोजनाहरु मध्ये ७ वटा आयोजना मात्र बाँकी रहेको नगर प्रमुख घर्तीले बताए । नगरपालिकाले लक्ष्य लिएका २१ वटा खानेपानी आयोजनामा १८ वटा सम्पन्न भएका छन् ।

निर्माण भइरहेकाे भेरी नगरपालिकाको भवन । फायल तस्वीर

‘निर्माणाधिन ३ वटा आयोजना बाँकी छन् । जसको वित्तिय प्रगति ६९ दशमलव ९४ प्रतिशत रहेको छ । नगरपालिकाले छनौट गरेका ३३ वटा सडक आयोजनाहरुमा ३३ वटै सम्पन्न भए । जसको बित्तिय प्रगति ८९ दशमलब ५३ प्रतिशत प्रगति रहेको छ ।’ उनले भने, ‘नगरपालिकाले छनौट गरेका १० वटा सिंचाई आयोजनामध्ये ९ वटा सम्पन्न भएका छन । एउटा सिंचाई आयोजना बाँकी रहेको छ । जसको बित्तिय प्रगति ९३ दशमलव ४१ प्रतिशत रहेको छ ।’ जाजरकाेटबाट प्रकाशित भेरीमालिका दैनिकमा समाचार छापिएकाे छ ।

नगरपालिकाले छनौट गरेका २७ वटा भवनहरुमध्ये २७ वटै भवनको काम सम्पन्न भएको छ । जसको बित्तिय प्रगति ६४ दशमलब ४० प्रतिशत रहेको छ । नगरपालिकाले छनौट गरेको एउटा पुलको काम सम्पन्न भएको छ । जसको बित्तिय प्रगति ९१ दशमलब ८० प्रतिशत रहेको छ । नगरपालिकाले छनौट गरेका अन्य ३१ वटा आयोजनाहरुमध्ये २८ वटा आयोजनाहरु सम्पन्न भएको नगर प्रमुख घर्तीको भनाइ छ ।

यस्तै ३ वटा आयोजनाको काम बाँकी रहेको उनले बताए । जसको बित्तिय प्रगति ८३ दशमलब २९ प्रतिशत रहेको छ । आयोजना तर्फको जम्मा १० करोड ५० लाख ८ सय बजेट मध्ये भेरी नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा ८ करोड १४ लाख ८५ हजार १ सय ६९ रुपैया खर्च गरेर जम्मा ७५ दशमलब ६० प्रतिशत वित्तिय प्रगति हासिल गर्न सफल भएको छ ।

नगरपालिकालाई प्राप्त संघिय सरकारको बित्तिय सामाजिकरण अनुदान, संघिय सरकारको सशर्त अनुदान, समपुरक अनुदान, बिशेष अनुदान, राजश्व बाँडफाँड, प्रदेश सरकारको वित्तिय सामाजिकरण अनुदान ५४ करोड ५९ लाख ७ हजार २ सय ६५ रुपैयाँ नगरपालिकामा आएको थियो । उक्त संचित कोषबाट ४८ करोड ४१ लाख ७ हजार १ सय ६ रुपैया खर्च भएको छ ।

जम्मा बजेटमा ६ करोड १८ लाख १ सय ५८ रुपैया संचित कोषमा काम सम्पन्न गर्न नसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले १ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले ९८ लाख ८१ हजार ७ सय ९७ रुपैया राजश्व संकलन गरेको थियो ।

१२ लाख २ हजार असुल गर्नुपर्ने बेरुजु, २९ लाख ३९ हजार कागतजात पेश गर्नुपर्ने बेरुजु, ४६ लाख २६ हजार नियमित गर्नुपर्ने बेरुजु र ७ लाख ८ हजार पेश्की पेरुजु गरि जम्मा बेरुजु ९४ लाख ८५ हजार रहेको रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेश पूर्वाधार विशेष तर्फका ६ वटा आयोजनामध्ये २ वटा सम्पन्न भएका छन् भने, ४ वटा बाँकी रहेका छन् । स्थानीय पूर्वाधार साझेदारी तर्फका ९ वटा आयोजनाहरुमध्ये ७ वटा सम्पन्न भएका छन् भने, २ वटा बाँकी रहेका छन् ।

कर्णाली प्रदेशको सशर्त अनुदान तर्फका ३ वटा आयोजना मध्ये २ वटा सम्पन्न भएका छन भने एउटा आयोजना सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेशको बिशेष अनुदान तर्फका १ आयोजना सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेशको समपुरक अनुदान तर्फका २ वटै आयोजनाको काम सम्पन्न हुन सकेनन् ।

संघिय सरकारको समपुरक अनुदानको १ आयोजनाको काम सम्पन्न हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सशर्त अनुदानका ७ वटै आयोजनाहरुको काम सम्पन्न हुन सकेन । प्रधानमन्त्री रोजगार कार्यक्रमका ९ वटै आयोजना सम्पन्न भएका छन् ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका २ वटा आयोजना मध्ये १ सम्पन्न भएको छ भने, १ सम्पन्न हुन सकेको थिएन । उक्त आयोजनाहरुको काम सम्पन्नताका लागि नगरपालिकाले प्राप्त गरेको जम्मा रकम १९ करोड १८ लाख ८ सय मध्ये १४ करोड ३८ लाख ६० हजार ४ सय १५ रुपैया खर्च गरेर ७५ दशमलब १ प्रतिशत बित्तिय प्रगति हासिल गरेको छ ।

मास्क, सेनिटाईजर, आरडिटी, पिसिआर किट खरिद, क्वारिन्टिनको सामान खरिद तथा व्यवस्थापन, कोरोना प्रभावित परिवारलाई राहत वितरण, गर्भवती महिलालाई भिडियो एक्सरे, विपन्न परिवारलाई राहत वितरण जस्ता काममा कोभिड–१९ को संक्रमन रोकथाम, नियन्त्रण तथा उपचार शिर्षकमा नगरपालिकाले १ करोड ४४ लाख ८७ हजार ६ सय ९८ रुपैया खर्च गरेको छ ।

नगरपालिकाका ६ स्थानका क्वारिन्टिनमा ९ सय ५४ जनालाई राखेर घर पठाईएको, ६ जनालाई आईसुलेसनमा राखेर पूर्ण रुपमा स्वस्थ भएपछि घर फकाईएको, ५ सय ३२ जनाको आरडिटी र २ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गरिएको रिपोर्ट गोष्ठीमा प्रस्तुत गरिएको थियो ।

उन्नत जातको बीऊ बैंक स्थापना गर्नका लागि भेरी नगरपालिका–१ कालेगाउँमा ३० क्वीन्टल गहुँको बीऊ, ७ को रुपकोटमा ५० क्वीन्टल मकैंको बीऊ, ६ को भेरेमा १५ क्वीन्टल आलुको बीऊ, २ को तिलिंगेमा २ क्वीन्टल सिमीको बीऊ उत्पादन गरिको छ । जातिय छुवाछुत तथा भेदभावमुक्त नगरपालिका घोषणा अभियान अन्तिम चरणमा पुगेको छ भने, पूर्ण सरसफाई युक्त नगरपालिका र बालमैत्री नगरपालिका घोषणा अभियान चलिरहेको छ ।

तपाईको प्रतिक्रिया