![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले सहज जित निकाल्दा म्यान्चेस्टर सिटीलाई लिड्स युनाईटेडले बराबरीमा रोकेको छ । गएराती भएको खेलमा चेल्सीले आफ्नै शहर लण्डनको प्रतिद्धन्दी क्रिष्कटल प्यालेसलाई ४–० ले हरायो ।
चेल्सीका लागि इटालीयन खेलाडी जर्गीनोले पेनाल्टीमार्फत दुई गोल गर्दा बेन चिलवेल र कर्ट जुमाले एक एक गोल थपे । गएराती भएको अर्को खेलमा एभर्टनले ब्राइटनमाथि ४–२ को जित निकाल्यो । जारी लिगमा एभर्टनको यो लगातार चौथो जित हो ।
जितसँगै एर्भटन प्रिमियर लिगको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गएरातिकै अर्को खेलमा लिड्स युनाईटेडले म्यान्चेस्टर सिटीलाई १–१ गोलको बराबरीमा रोक्दा न्युकासल युनाईटेडले बर्नलेमाथि ३–१ को जित निकालेको छ ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७७ आश्विन १८, आईतवार