मुस्लिम धर्ममा सिया र सुन्नि कसरी विभाजित भए ?

काठमाडौं । विश्वभर इस्लाम धर्मावलम्बीहरुलाई मुस्लिम भन्ने चलन छ । तर मुस्लिम धर्म सिया र सुन्नि गरी दुई भागमा विभाजित छन् । शुन्निहरु आफूलाई प्रगतिशिल मुस्लिम भन्न रुचाउँछन् । विश्वमा शुन्नि मुस्लिमको जनसंख्या करिब दुई अर्ब रहेको अनुमान छ ।

सियाहरु भने अलिक रुढीवादी मानिए पनि सुन्निजस्तै मोहम्मदलाई विश्वास गर्दछन् । विश्वमा उनीहरुको जनसंख्या करिब दुई करोड मात्र रहेको अनुमान छ । संस्थापक मोहम्मद अलीको सन् ६३२ मा निधन भएपछि धर्म विभाजन भएको हो । धर्म विभाजन हुनुमा आफ्नै राजनीतिक कारण र इतिहास छ ।

यद्यपी, यी समूदायबीच केही समानता छन् भने विभिन्न मूल्यमान्यता, धर्म संस्कृति, नियम कानुन तथा धर्मसंगठनमा केही असमानताहरु पनि छन् । इतिहासअनुसार सिया एउटा धार्मिक क्रान्ति थियो भनिन्छ र जसको मोहम्मद अली मुस्लिम समुदायका सफल नेतृत्वकर्ता थिए ।

तर जे भएपनि मुस्लिम समुदायको धार्मिकस्थल मक्का मदिना नै हो भने यिनीहरूको मुख्य पर्व इद हो । इस्लाम धर्ममा सुँगुरको मासु र जाँडरक्सी खान मनाही छ, भने घरमा कुकुर पाल्नु पाप मानिन्छ ।

तपाईको प्रतिक्रिया