दैलेखमा सिंचाई आयोजनाको प्रगती :

उपभोक्ता समिति मिलेर ५० हजार झ्वाम, काम नगरी ज्याला

रकम हिनामीनाबारे समितिका पदाधिकारी नै पोल खोल्दै

सुर्खेत । दैलेखको एक सिंचाई आयोजनाको ५० हजार हिनामीना भएको छ । आयोजनाको नगद ४८ हजार र हजार रुपैँयाको दुई बोरा सिमेन्ट गरी ५० हजार रकम हिनामीना भएको पाइएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिका ३ मा संञ्चालन भएको पातलखोला, ओखात्य, सल्लेरी र तल्लाछाना सिंचाई आयोजनाको ५० हजार रकम हिनामीना भएको स्थानीयले बताएका छन् ।

गाउँपालिकाबाट विनियोजन रकम योजनाका नाममा हिनामीना गरिएको हो । सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष भक्त क्षेत्री, सचिव नरबहादुर क्षेत्री र कोषाध्यक्ष डिलसरा दशैदीले उक्त ५० हजार रकम हिनामीना गरेको स्थानियको आरोप छ ।

स्थानीय शेरबहादुर दशौदीका अनुसार गाउँमा जनप्रतिनिधि, बुद्धिजिवि, युवा सहित उपभोक्ता समितिको उपस्थितिमा हिनामिना भएको रकम २०७७ भदाँै २ देखी भदौँ ५ गते भित्र समितिका सदस्य प्रजाराम दशौदीलाई बुझाउने निर्णय भएकने थियो । तर डेड महिनापुग्दा पनि निर्णय कार्यान्वयन नगर्दा विरोध चर्किएको हो ।

समितिको लापारवाहीले ९० सेन्टिमिटर गहिरो जमिन खनेर सिंचाई पाईप बिछ्याउनुपर्नेमा २८ सेन्टिमिटर भन्दा गहिरो खनिएको छैन् । कतिपय ठाउँमा पाईप सडकमै देखिन्छ भने कतिपय ठाउँमा सडक माथिबाट पाईप लिईएको छ ।

आयोजनाको ६ लाख रकम मध्ये ५० हजार बाहेक अरु सबै खर्च भएको देखाईएको छ । आयोजनाको काम गत असार १३ गते सुरु भइ ३१ गते सकिएको थियो । आयोजनाको काम ११ दिन मात्र भएको स्थानीय शेरबहादर दशौदीले बताए । उनले भने ‘तर अन्य कामदारहरुले आफ्नो काम गरे अनुसारको ज्याला लिएपनि उपभोक्ता समितिका अध्यक्षले ११ दिनमा २३ दिन काम गरेको भन्दैँ दैनिक आँठसय ५४ रुपैँयाको दरले ज्याला बुझेका छन् ।’

मयाराम दशौदीका अनुसार यस्तै सचिव नरबहादुर दशौदीले ११ दिनमा ३४ दिन र कोषाध्यक्ष डिलसरा दशौदीले १० मा १७ दिन काम गरेको भन्दै अध्यक्ष सरह ज्याला लिएका छन् । यस बिषयमा उपभोक्ता समिति अध्यक्षसँग सम्पर्क गर्दा कुरा नभएपनि कोषाध्यक्ष डिलसरा दशौदीसँग कुरा गर्दा उनले आफुले काम र दुख गरेको मात्र पैसा लिएको बताइन् । उनले भनिन् ‘म काममा पनि कहिले काँही मात्र जान्थ्ये । पैसा निकाल्न मात्र गएको छु । मसँग बढी रुपैँया आएको भनेको एकहजार मात्र हो । लिन मिल्दैन भने अरुले फिर्ता गरुन म पनि फिर्ता गर्छु ।’

समितका सचिव नरबहादुर क्षेत्रीले कामदारलाई ५५ सयको दरले ज्याला दिएको र बचेको पैंसा मिलेर खाने भन्ने कुरा पहिला नै भएको स्विकार्य । उनले भने ‘सबैले खानु पर्छ भनेर ११ हजारसम्म बचेको पैसा हामिले खाएकै हो । अध्यक्षले ९ हजार, कोषाअध्यक्षले ७ हजार, हामीलाई दुई चार हजार । लोभ गरेर गल्ती भएकै हो ।’

वडा अध्यक्ष कर्णबहादुर शाहीले यसबारे आफुलाई जानकारी नभएको बताए । उनले भने ‘उक्त सिंचाई आयोजनाको काम सकिएर पनि विल भुक्तानी भईसक्यो । भएको अनियमिता बारेमा पैंसा फिर्ता गर्ने निर्णय वडासदस्य बलबहादुर बुढाले सुनाउनुभएको थियो । पछि मलाई थाहाँ भएन ।’

साथै आयोजनामा सिंचाईका लागि प्रयोग हुने अर्थात मापदण्ड अनुसारको पाईप राखिएको छैन । नागरिक झुक्याउने गरी कागजी प्रक्रियामा सिमित यस्तो विकासले कर्णाली समृद्ध बन्दैन । बरु उल्टै दोषीलाई कारवाही नभएको खण्डमा भ्रष्टाचार प्रवृति मौलाउदै जाने निश्चित छ ।

तपाईको प्रतिक्रिया