लागु औषधको हव बन्दै वीरेन्द्रनगर, नयाँ पुस्ताका प्रयाेगकर्ता धेरै

सुर्खेत । कर्णालीमा लागुऔषध प्रयोग र कोरोबार बढ्दै गएको छ । प्रदेशमा लागुऔषध प्रयोगकर्ता र कारोबार सञ्जाल बढ्दै गएको पाइएको हो ।

सरकारी तथा विभिन्न गैरसकारी संघ–संस्थाले लागुऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आएको भएपनि यसको प्रयोग र कारोवारमा कमी आउन सकेको छैन् । विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेका हुन् । परिवार तथा अभिभावको हेलचक्य्राई र निगरानी अभावमा किशोरावस्थाको पुस्ता लागूऔषधको तलमा फस्दै जान थालेको हो ।

फायल तस्वीर ।

गत भदौ २० गते कर्णाली प्रदेश प्रहरी, लागूऔषध ब्यूरो सुर्खेत र इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले नलगाड नगरपालिका–२ जाजरकोट छेप्काबाट १० केजी अफिमसहित दुई जनालाई पक्राउ ग¥यो । नलगाड नगरपालिका–३ चावलेचौरका ४२ वर्षीय मनबहादुर विष्ट र जुम्ला तातोपानी गाउँपालिका–५ का ५५ वर्षीय हरिचन्द्र डाँगी अफिमसहित पक्राउ परे ।

साही दिन रुकुम–पश्चिम आठविसकोट नगरपालिका–५ जलीगाडमा नलगाड नगरपालिका–९ का प्रेमबहादुर सिंह, मानबहादुर सिंह र तप्तबहादुर सिंहबाट १६ केजी अफिल प्रहरीको टोलीले बरामद गरेको थियो । गत असोज १३ गतेसम्म ६७ ग्राम चार मिलिग्राम ब्राउन सुगरसहित सुर्खेत प्रहरीले चार जनालाई पक्राउ ग¥यो सीता वलीको वाइलाइनमा साझाविसौनी दैनिकमा छापिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको सुब्बाकुनाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका व्यक्रिहरु सबै किशोर अवस्थाका हुन् । बरामद हुने लागूऔषधको परिमाणले पनि कर्णालीमा यसको कारोबार बढ्दै गएको देखाउँछ ।

बबई नाका तथा कर्णाली प्रवेश अन्य नाकाहरुबाट लागूऔषध भित्रिने गरेको छ । प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेका छन् । बितको पाँच वर्षमा कर्णाली प्रदेशमा दुई सय ६९ जना लागूऔषध मुद्दा दर्ता भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार सबैभन्द्या बढी सुर्खेतमा लागूऔषधका मुद्दा दर्ता भएका हुन् ।

तपाईको प्रतिक्रिया