बजेटको कमिले अधुरै रहन्छन् योजना

सुर्खेत । जिल्लाको चौकुने गाउँपालिकामा प्राथमिकताका साथ विकासे गतिविधिलाई तिब्र पारिएको छ । तर बजेटको कमिले समयमै सोचेअनुसारको काम गर्न कठिन छ । कोरोनाका कारण बजेटको कमिले गत वर्ष टेण्डर भएका योजना निर्माणको काम यस वर्ष सञ्चालन हुदैछ । चौकुने गाउँपालिकामा गत वर्ष टेण्डर भएका १७ वटा बहुवर्षिय तथा अन्य योजना निर्माणको काम बजेटको कमिले समयमै हुन सकेन । यस वर्ष पालिकाले प्राथमिकताका साथ तीनै योजनालाई अघि बढाईएको छ ।

गाउँपालिकाको विकास, भईरहेका गतिविधि र चुनौतीसँगै समयमै योजना सम्पन्न नहुनुको कारणबारे पालिका अध्यक्ष धिरबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले नेपाली रैबारसँग बताएको कुरा जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं ।

अब तिब्र गतिले विकास हुन्छः गाउँपालिका अध्यक्ष धिरबहादुर शाही

हिजोआज पालिकाको दैनिक कार्य सम्पादन जारी छ । सबै योजनाको रातो किताब छाप्ने काम सम्पन्न भएको छ । गत वर्षका योजनाको अनुगमन सकियो । थप टेण्डर गर्नुपर्ने योजनाको टेण्डर प्रक्रिया मिलाउने काम जारी छ । कोरोनाका कारण गत वर्ष टेण्डर गरेका सबै योजना अधुरै रहे । त्यसैले यस वर्ष तीनै योजनालाई समयमै सम्पन्न गर्ने गरी अघि बढेका छौ ।

यस वर्षको बजेट पनि गत वर्ष टेण्डर भएका भौतिक पूर्वाधार निर्माणमै केन्द्रित छ । किनकी गत वर्ष टेण्डर मात्रै भए । काम हुन सकेन । जस्तै खानेपानी, पुल, सिंचाई, स्वास्थ्य चौकी, भवन निर्माण लगाएतका धेरै योजना अधुरै छन् । तीनै योजनालाई सम्पन्न गर्न यस वर्षको बजेट केन्द्रित छ ।

गत वर्ष टेण्डर भयो । तर योजनाका लागि छुट्याएको करोडौं रकम नआउँदा योजना अधुरै रहेका हुन् । संघिय राजस्व बाँडफाँड शिर्षक अन्र्तगत संघीय सरकारले दिने उक्त बजेट कोरोना र लकडाउनले लक्ष्य अनुसार आर्थिक संकलन नभएको भन्दै रोकिएपछि योजना अधुरै रहेका थिए । यस वर्ष त्यसैमा बजेटिङ गरेका हौं ।

अर्कोतिर स्थानीय तहको बजेट कोरोनाका कारण क्वारेन्टाइन व्यवस्थापन लगाएतका खर्च गर्नुपर्ने बाध्यता बन्यो । यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा पनि एक करोड ४६ लाख राजस्व बाँडफाँडको रकम आएन । यस वर्ष फेरी कति नआउने हो । यसले गर्दा समयमै योजना सम्पन्न गर्न चुनौती हुन्छ ।

हामीले धेरै जसो सप्टवर्यरका काम सम्पन्न गरिसकेका छौै । तर हार्डवयर्स तर्फ रंगशाला, पालिका तथा वडा भवन, स्वास्थ्य चौकी, विद्यालय, खानेपानी लगाएतका बाँकी काम अब तिब्र गतिले हुने अपेक्षा छ । हाल पाँच वटा वडा कार्यालयको भवन निर्माणको काम अघि बढेको छ । सबै वडा तथा गाउँसम्म सडक पुगेको छ । अब बाँकी कार्यकालमा यी सडकलाई स्तारोउन्नती गरेर गुणस्तरीय बनाउँदै लैजाने रणनीति छ ।

थोरै बजेटले कसरी ठुला योजना सम्पन्न गर्ने ?: हितप्रसाद पौडेल, प्रमुख प्रशासकीय अधिकृत

गत वर्ष १७ वटा बहुवर्षिय योजना टेण्डर गरेका हौं । संघिय सरकारले वार्षिक तोकेको बजेट मात्रै दिन्छ । त्यही पनि कोडिडले गर्दा कम आयो । बहुवर्षिय योजनालाई सम्बोधन गर्ने गरी बजेट आउँदैन । पालिकामा सिमित बजेट छ । थोरै बजेटले कसरी ठुला ठुला आयोजना सम्पन्न हुन्छन् ? बजेटको कमिले अधिकांश योजना निर्माणको काम अधुरै रहन्छ । यस वर्ष चार वडा कार्यालय, पाँच वटा स्वास्थ्यचौकी, खानेपानी, विद्यालय भवन, पालिका भवन लगाएतका ठुला आयोजनामा बजेट कमि भएको हो ।

तर यस वर्ष योजना अधुरै रहन नदिने गरी समन्वय भईरहेको छ । केन्द्रबाट समपुरक अन्र्तगत थप बजेट माग गरेका छौ । अपुग बजेट पालिकाबाट थपेका छौ । त्यसैले सबै आयोजना यस वर्ष सम्पन्न हुन्छन् । तर घाटगाउँ खानेपानी आयोजना र विभिन्न विद्यालय भवन निर्माणका लागि बजेट अपुग भएको छ ।

दुर्गम ठाउँ अथाह बजेट चाहिने अवस्था छ । तर अन्य स्थानीय तह भन्दा बजेट पनि कम छ । स्रोत पनि छैन । आन्तरिक राजस्व पनि मुस्किलले १०/१२ लाख उठ्छ । यस वर्ष सबै शिर्षक गरी ५२ करोड जति बजेट छ । तर एउटै योजना करोडौका हुन्छन् ।

दुर्गम भत्ता, फिल्ड भक्ता, कोरोना भक्ता नखाएर पनि कर्मचारीले काम गरिरहेका छन् । पालिकाको रकम भए कर्मचारीलाई प्रोत्साहन भत्ता दिन सकिन्थ्यो । रकमै छैन । कर्मचारीको कामप्रति कुनै प्रश्न गर्ने ठाउँ छैन ।

तपाईको प्रतिक्रिया