![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ मा कार्यरत वडा सचिव र प्रशासन सहायक विरुद्ध अख्यितारले मुद्दा दर्ता गरेको छ ।
वडा कार्यालयमा कार्यरत वडा सचिव इन्द्रप्रसाद अधिकारी र प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत रत्न बहादुर बि.क. विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडाैंमा मुद्दा दर्ता गरेको हो ।
अधिकारी र विकद्वयले वडा कार्यालयबाट उठाएको राजश्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।
वडा कार्यालयबाट उठेको २० लाख २० हजार ६७ रुपैयाँ राजश्वमध्य विभिन्न समयमा चार लाख १६ हजार ६ सय रुपैयाँ बैंकमा दाखिला गरेपनि १६ लाख तीसहजार चारसय ६७ रुपैयाँ हिनामिना गरेको देखिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
संकलित राजस्व रकम कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका वडा सचिव अधिकारीसमेतको प्रत्यक्ष मिलेमतो एवं संलग्नता भएको देखियो’ अधिकारीले भने, ‘यो कार्यमा दुवै व्यक्तिको उत्तिकै संलग्नता देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि हुन आएपछि विगोसहित मुद्दा दायर गरिएको हो ।’
बिगो रकमको दोब्बर जरिवाना र हिनामिना गरेको राजश्वमध्य ७ लाख १६ हजार सात १७ रुपैयाँ हालसम्म दाखिला नगरेको अधिकारीको भनाई छ । आरोपीहरुबाट उक्त रकम असुल गरेर अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७७ आश्विन २७, मंगलवार