व्यंग्य

विचरा डाक्टर साहेबले सम्माननीय केपि वलीकै पालाँ ५ पटकसम्म अनसन बस्नु भए छ । ५ चोटिसम्म छक्याउन सफल प्रधानमन्त्रीले यो पटकको अनसनाँ नि गोडा बाइसेक दिनपछि यौटा सचिबस्तरिय आयोग गराइ दिनु भा रैछ वार्तागर्न खै त्यो आयोगलेनि जुस ख्वाउनु अघिसम्म सबै मागपूरा गर्ने अनि जुस खाईसकेछि डाक्टर केसी सेसि भाँडमे जाय भनेर फेरि अर्कोपटक अनसनका लागि नयाँ ठाउँ रोज्नु पर्ने बनाउने त होलान नि ।

खासै भन्ने हो भने नेपालको लोकतन्त्राँ मुखले मागेर समस्या देखाएर कुनै पनि सरकारले माग पूरा गर्दैनन । गर्ने भए त डाक्टर साहेबले २२ पटक अनसन बस्ने बेलासम्म कति सरकार फेरिए होलान अनि कतिवटा सरकारले मागपूरा गर्दिने भनेर वार्ता गरेहोलान , तमसुक लेखेहोला जुस ख्वाए होलान तर माग भने सबै तमसुकमै सिमित हुदाँ विचरा डाक्टर साहेबले बाईस बाईस पटक मर्नु न जिउनुको दोसाँधाँ अनसनाँ हामफाल्नु परो ।

कैयौं समर्थकहरु आफना काम थाँति राखेर सडकाँ आउनु परो जनताले घरदैला स्वास्थ्य शिक्षा पाउनु परो भनेर । तर सरकार भने सत्ताँ रहुन्जेल मागपुरा गर्दैन तर सत्ताट बाइर गएछि भने डाक्टर केसीका माग पूरागर भन्दै उफरिन थाल्छ । यश अघिका अनुभव हेर्ने हो भने जनताले सरकारसित मागपूरा गराउने हो भने जनताले सरकारलाई भाटे कारवाईसँगै ताेडफाेड र आगजनियाँ तान्नु पर्छ अनि बल्ल सरकार तत्काल मागपूरा गर्न कस्सियला हैन भने योपटकको कोइराला नेतृत्वको वार्ता टाेलिलेनि धाेकै दिएर जाने हो ।

डाक्टर साहेबको र सरकारको ग्रह के पर्यारैछ कुन्नि ? त्यै दल सरकाराँ हुँदा केसीलाई देख्खि नसहने अनि विपक्षियाँ गएछि चाँईँ तिनकै माग आफना लागि सुनकै खजाना हुने । नेपालका दलहरको यो काइदा चाहिँ बुझि नसक्नुनै लायो के ! जब दलहरु दुखी गरिब जनतालागि केइ दिनै तयार छैनन । २२/२२ पटकसम्मनि जब सरकार जनताप्रतिभन्दानि तिनै व्यापारी दलालतिरै टाँस्सिएर मागै पूरा गर्दैन भने डाक्टर साहेबलेनि बारम्बार तिनै कुरालेर सडकाँ किन आउँदा हुनके ?

´ जाेइ न जुङा माेइ न सातु , भन्या झैँ एक्लो ज्यान जता लयर फालेनि हुने मान्छेले जनता जनता भनेर कुर्लिनुनि बेकारै होके तिनै जनता भनेर आँफु मरेजिउँदा प्रवाह नगरेर सडकाँ आउने तर जनताभने चालै नपाएझैँ पाहुर काढेर बस्ने भएछि सरकारले नि किन टेरोस तँ नि !

डाक्टर साहेब यो चोटिनि सरकारले आँखाँ छारो हालेर तपाइँलाई जुस ख्वाउन्यैछ त्यसैले जनताविना आफना समर्थक डाक्टर साहबहरलाईमात्रै सडकाँ उतारेर सरकारलाई मात्रै नाँगो बनाएर के गर्नेहो । सरकार सँधै नाङ्गो हुन तयार छ । त्यसैले अब जनता छोराछोरीले पढने ब्यबस्था गराउनतिर भन्दानि दुरदराजका बिरामीको रोग निको पार्नेतिर लागम ।

यसलेनै बरु दुखि गरिब जनता फलिफाफ होला । सरकारी वार्ताटाेलीका चटक कति हेर्ने हो उल्टाे जुस ख्वाउने निहुमा विषख्वाउलान भन्ने डर ।

तपाईको प्रतिक्रिया