व्यंग्य

हामी कलेज पढदा कुनै काम विग्य्रो कि दङ्गाली साथीहरु ( गइलभैंस पानीमे ) भन्ने गर्थे । ऐले मेरा आँखाँ झल्झल्ति त्यै कुरा याद आइराछ र त्यै कुरा सम्झने गरायो यो करनाली प्रदेशको अविश्वासको प्रस्ताब तुइँदा । प्रादेशिक सरकार बनाउँदै ६ र ७ नं प्रदेशको सरकार अंशबण्डाँ माओवादिकै भागाँ गा हो ।

संख्यात्मक दृष्टिले एमालेका अत्यधिक सांसद भएनि भाइ भागाँ करनालीको जिम्मा माओवादिलाई दिनु पर्ने भएछि एमालेहरु त्यैबेलादेखि नै रुष्ट भए । तर के गर्नु पाटि एकीकरण गर्ने हो भने त्यसो गर्नु रहर नभएर बाध्यता नै थियो ।

प्रदेशाँ चुनाव जितेर मुख्य मन्त्री बनम्ला भनेर चुनाउमा होम्मिएका एमालेका साथीहरुका लागि माओवादिका भागाँ ६ नं प्रदेशपर्नु ( चौटाखान गा बुढि झाेलाँ डुबेर मरी) भन्ने उखान चरितार्थ भो । माओवादिका महेन्द्रबहादुर शाहिलाई मुख्यमन्त्री हुँनि धेरै दंगा फसाद गर्नु परो । अन्तमा केन्दैदेखि नेता आएर मिलाउनु परो ।

तर पनि अन्त त शाहि मुख्य मन्त्री भए त्यसबेला देखिकै एमालेहरको असहयोग र बेला बेलाँ सरकारलाई घुँडा टेकाउने खेल खेलिएको शाहिको विश्लेषणले सरकार चलाउँदा र वजेट बनाउँदा सुरखेत जिल्लालाई बजेटाँ माछा मारनेले खोलाँ दुवाली थुनेझैँ थुन्देछि सुरखेतका सांसदहरु शाहिजिसित असन्तुष्ट हुँदै गए ।

अँझ भएन भनेर पूर्वाधार मन्त्रिको जिम्मेवारीनि मुख्य मन्त्रीले लिएछि सुर्खेत जिल्लाको विकास र बजेटाँ नाकाबन्दीनै लाग्यो । जति विरोध गरेनि अधिकार हुनेले अधिकार नदेछि रोइकराई गर्नेबाहेक उपाए रहेन ।

केन्द्रीय नेता गुहार्दानि आफ्नो सुनुवाई नहुने उल्टै मुख्यमन्त्रीलेनै स्यावासीको ढाब पाउने भएछि उचित अबसराँ रअको एमालेले जब प्रधान मन्त्री र प्रचण्ड वीच मन्त्री र मुख्यमन्त्री हेरफेर हुने रे भन्ने चर्चा बाहिरियो तब ढाइतिन बर्षदेखि मुख्यमन्त्रीबिरुध्द पाल्या तुष अविश्वासको प्रस्ताबाँ आएर बदलियो ।

१७ जना माननीयले प्रस्ताबाँ के सइ गर्याथे त्यसपछि त सामाजिक सन्जालाँ भख्खरै सरकार ढल्या र मुख्य मन्त्री भैसक्या अडकल र अनुमान यस्तरी पोस्टिन शुरु गरेकि त्यो एकोहोरो आफ्नो बाटो हेर्दाहेर्दै अर्कोले त्यै बाटो गएर कानूनसम्मत र अधिकारसम्मत तरिकाले मुल जरोलाई नै काटेर ( भैरा मुख्यसचेतक फालेर ) अर्को मुलजरो जोडि सके ।

त्यसपछि झल्याँस्स भा साथिहरले बल्ल कानून हेरेकि के भो कुन्नी ? हुँदाहुँदा सहि गर्ने साथीहरुनि पदको लाेभाँ फरक बाटो लाएछि विचरा मुख्यमनत्री वन्ने सपना ऐलेलाई सपनै रह्यो ।

अन्ततः लडाइँ मुख्य मन्त्री बन्ने हैन कि एक्दुइटा मन्त्री र गाडि चढने पद फुतकाउने थियो भने यमलालजीको शान्दार जित भएकोछ । हैन भने दंगाली साथीहरुले गइलभैंस पानीमे भनेझैँ भाकोछ । हैन र ?

तपाईको प्रतिक्रिया