गोदाममा लुकाएर राखेको साढे २२ किलो अवैध सुन बरामद

पर्सा । दसैंको मौका छोपी अवैध तरिकाले लुकाई छिपाई ल्याएर भण्डारण गरी राखिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ। अवैध रुपमा गोदामसम्म पुर्‍याई भण्डारण गरिएको सुन गोदाममा पर्सा प्रहरीले छापा मारेको हो।

छापा मार्ने क्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो। प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी नै रहे पनि पर्साको वीरगन्ज महानगरपालिका-५ मा रहेको ६ नं. गेट नजिकको गणेश अपार्टमेन्ट स्टोरमा छापा मारिएको स्थानीयले बताए।

सुनचाँदी व्यवसायीहरूका अनुसार यो अपार्टमेन्ट राजु दारुकाको हुन सक्ने जनाइएको छ। सुनचाँदी व्यवसायीहरुको यहाँ कुनै पनि दोकान वा गोदाम छैन सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष प्रवेश सर्राफले बताए।

पहिले पनि दारुका सुन काण्डमा पटक पटक विवादमा पर्दै आएका थिए। अवैध तरिकाले सुन ओसारपसार र स्टोर गरिएको भन्ने सूचना अनुसार प्रहरीले शनिबार दिउँसो छापा मारी साढे २२ केजी जति पहेँलो धातु बरामद गरिएको छ।

जम्मा कति परिणामरु हो भन्नेबारे प्रहरीले नापतौल गरिरहेको छ। नीलो प्लाष्टिकमा प्याक गरिएको पहेँलो धातु (सुन) भारी मात्रामा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता मनोजित कुँवरले बताए। यसको विस्तृत विवरण बारे पर्सा प्रहरीले पत्रकार सम्मेलन नै गरी जानकारी दिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया