जुम्ला–नेपालगंज–सुर्खेत सहुलियत हवाई सेवा शुरु, दुई दिनमा १२९ जनाले जहाज चढे

अब सहुलियतमै भाडा कायम गर्ने तयारी

जुम्ला । दशैको समयमा नागरिकलाई सहुलियत हवाई सेवा शुरु गरिएको छ । गो कर्णाली टुर एण्ड ट्राभल्सले कात्तिक १ गतेदेखी चार हजार एक सय रुपैयामा नेपालगंज –जुम्ला, जुम्ला –नेपालगंज अर्थात जुम्ला सुर्खेत र सुर्खेत जुम्लामा सिता एयरमा हवाई सेवा सुचारु गरिएको संचालक तथा कर्णाली पर्यटन उत्थान समितिका संयोजक ललितजंग महतले जानकारी दिए ।

उनका अनुसार जिल्ला वाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेका व्यक्तिहरुका लागि सेवा शुरु गरिएको छ ।

कोरोनाबाट आक्रान्त भएका नागरिकलाई दशैको समयमा दुई चारसय सस्तो र सजिलो होस भन्ने उद्देश्यका कारण सहुलियत सेवा शुरु गरिएको संयोजक महतले जानकारी दिए । अहिले प्रति व्यक्ति रु एक हजार चार सय रुपैया यात्रुलाई अन्य जहाज भन्दा फाईदा भएको बताईएको छ ।

अर्कोतिर कर्णालीको हवाईभाडामा नागरिकले धेरै पैसा फाल्नु पर्ने वाध्यता कम गरि आन्तरिक पर्यटन बढाउदै जानुपर्ने कर्णालीले सहुलियत पाउन भन्ने दृष्टिकोणले यो सेवा सौलियत गरिएको छ । उनका अनुसार यो सेवाका लागि सिता र गो कर्णाली विच सम्झौता भएको छ ।

दुई दिनमा १२९ जनाले चढे जहाँज 
अन्य जहाजले नेपालगंज जुम्ला वा सुर्खेत– जुम्ला पाँच हजार पाँचसय हवाई भाडा लिईरहेको समयमा दशैको समयमा जुम्लाबाट दशै मनाउन जाने र जिल्लामा आउने व्यक्तिहरुले सहुलियत भएपछि जहाँज चढ्ने व्यक्तिहरु बढेका छन् ।

सिताले कात्तिक १ गते एक चरणमा सहुलियत सेवामा २ वटा उडान राखेपछि ६१ जना यात्रुले सुर्खेत –जुम्ला, जुम्ला– सुर्खेत, जुम्ला–नेपालगंज र नेपालगंज– जुम्ला हवाई यात्रा गरेका छन् ।

यसैगरी पछिल्ला दुई दिनमा भएका उडानमा ६८ जनाले आवत जावत गरेका र एक दुई दिनका लागी जुम्लाबाट नेपालगंज जाने यात्रु पनि सम्पर्कमा आईसकेका गो कर्णाली ट्राभल्सले जानकारी दिएको छ । अहिले नेपालगंजको जहाँज दैनिक भएको र सुर्खेतदेखी जुम्लाको लागि कात्तिक ५, ६ र ७ गते उडान कायम गरिएको छ ।

सहुलियतमै कायम गर्ने तयारी
यस वेला शुरु गरिएको भाडादरले जनतालाई सजिलो हुने भएकाले अन्य समयमा पनि निरन्तरता गर्ने प्रयास भईरहेको सिता एयरले जानकारी दिएको छ । सिता एयर नेपालगंज क्षेत्रीय निर्देशक मनोज भारतीले अहिले जस्तै सेवा अन्य समयमा समेत दिने जहाँज र गो कर्णाली विच प्रयास स्थानीयले प्रथामिकता दिन आवश्यक रहेको छ ।

यो सेवा जनताका लागि निकै राम्रो भएको अधिकारकर्मीहरुले जनाएका छन् । हवाई क्षेत्रको सौलियत सहजताका लागि लामो समय देखी आवाज उठाउदै आएका उपभोक्ता महासंघ नेपालका उपमहासचिव बिष्णु प्रसाद तिमिल्सेनाले यो सेवा नागरिकको पक्षमा भएको हुदा निरन्तरता दिनुपर्ने बताए । उनले यसलाई निरन्तरता दिदै अनलाईन टिकट कायम गरिनुपर्ने बताए । अनलाईन सेवाले सहज टिकट प्रणाली हुने बताए । नेत्र शाहीकाे सहयाेगमा ।

तपाईको प्रतिक्रिया