काठमाडौं । ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको हो ।
साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकारले ४ करोड ६० लाख डोज खोप किन्न सहमति जनाएको बताउनुभयो ।
उहांले खोपको कार्यक्रम आगामी वर्षको शुरुमा हुने छ । ब्राजिलमा पनि चिनियाँ खोपको परीक्षण भइरहेको छ । ब्राजिल कोराना महामारीबाट नराम्ररी प्रभावित मुलुकहरु मध्ये एक हो ।
हालसम्म ५३ लाख मानिस संक्रमित रहेको ब्राजिलमा डेढ लाख भन्दा बढीको कोरोना कारण मृत्यु भएको छ ।
नेपालीरैबार । २०७७ कार्तिक ५, बुधबार