सुर्खेत । भारतमा एकैदिन ५४ हजार ४ सय २२ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख ४९ हजार १ सय ५८ पुगेको छ ।
त्यस्तै गरी भारतमा एकैदिन कोरोना संक्रमणको कारण ७ सय १४ जनाले ज्यान गुमाएका छन् ।यसरी भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ लाख १५ हजार ९ सय ५० पुगेको छ ।
त्यसैगरी संक्रमित ६७ लाख ९२ हजार ५ सय ५० जना उपचारपछि निको भएका छन् भने ७ लाख ४० हजार ६ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन् ।
नेपालीरैबार । २०७७ कार्तिक ५, बुधबार