महासंघको कार्यकारिणी समितिका लागि तीन जनाको उम्मेदवारी घोषणा

सुर्खेत । आगामी मंसीरमा हुन लागेको नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समितिका लागि सुर्खेतका तीन जना व्यवसायीले उम्मेदवारी घोषणा गरेका छन् । सुर्खेतका प्रतिष्ठित व्यवसायी निरक केसी, प्रकाश अधिकारी र जगतबहादुर खड्काले उम्मेदवारी घोषणा गरेका हुन् ।


केसी र खड्काले महासंघको केन्द्रीय कार्यकारिणी खुला सदस्य तथा अधिकारीले प्रदेशको केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् । केसी सुर्खेत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष र वर्तमान केन्द्रीय कोषाध्यक्ष हुन् ।

अधिकारी सुर्खेत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष र खड्का पूर्व उपाध्यक्ष हुन् । महासंघको ५४ औं अधिवेशन मंसीर ११ गतेदेखि काठमाडौंमा हुँदैछ ।

उम्मेदवारहरुले मंसीर ४ गते मनोनय दर्ता र अन्तिम नामावली प्रकाशत मिति मंसीर ८ गते तोकिएको महासंघको निर्वाचन कार्यतालिकामा उल्लेख छ । निर्वाचन भने मंसीर १३ गते विहान ८ बजेबाट साँझ चार बजेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया