कर्णालीका सबै जिल्लादेखि गाउँसम्म देउसी र भैली खेल्न निषेध

सुर्खेत । निजिकीदै गरेको मुख्य पर्व तिहारमा देउसी र भैली खेल्न पूर्ण रुपमा निषेध गर्ने कर्णाली सरकारले निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहार पर्वमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टिका लगाउन दिने र देउसी र भैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो ।

तस्वीर साैजन्य नवराज महताराकाे ब्लकबाट

बैठकले पर्वको बेला जात्रा मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने जनाएको छ । कोरोना रोगको संक्रमण दिनप्रतिदिन समुदायमा फैलिसकेकोले नियन्त्रण र उपचारका लागि कठिन हुने भन्दै बैठकले प्रचारप्रासरमा तिव्रता दिन सरोकारवाला निकायलाई तदारुकताका साथ खटाउने व्यवस्था सामाजिक विकास मन्त्रलायलाई मिलाउन निर्देशन दिएको छ ।

बदलिदो मौसम, नजिकिएको तिहार, छठ र प्रदेश राजधानी र सदरमुकामका अस्पतालको क्षमताको अवस्थालाई हेरी कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता अपनाृउन आम नागरिकलाई सजक हुन बैठकले आग्रह गरेको छ ।

कोभिड संक्रमण अवस्था र समुदायमा यसको प्रभाव तिहारसम्म के कस्तो रहन्छ त्यसको आँकलन गरेर निण्न्त्रण र उपचारको योजना अर्को वैठकमा पेश गर्न सामाजिक विकास मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया