
सुर्खेत । अति विकट दुर्गम र पिछडिएको जिल्लाको रुपमा चिनिएको मुगु प्राकृतिक र सांस्कृतीक रुपमा भरिपूर्ण जिल्ला हो । मुगाली भनेर चिनिने यस क्षेत्रका बासिन्दाहरु रारा तालको मालिक भन्न रुचाउँछन् ।
पशुपालन, साना व्यवसाय र जडीबुटीले भरिपूर्ण जिल्ला पनि मुगु हो । तराईको गर्मी हावापानीमा फल्ने आँप, केरा, उखु पहाडमा पाईने सुन्तला र हिमालमा पाईने स्याउ, नास्पती जस्ता फलफूलहरु पनि यहीँ जिल्लामा पाइन्छन् ।
बाबियो, घाँस देखि बुकी फूलसम्म पाईने यस जिल्लाको भौगोलिक विविधता पनि अचम्मको नै छ ।
पौराणिक किम्वदन्ती अनुसार विभिन्न भनाईहरु रहेता पनि यस जिल्लाको उत्तर भेगकोमा पर्ने मुगु गाँउको नामबाट यस जिल्लाको नाम रहन गएको हाे । पर्यटनदेखि कृषि र पशुपालनमा मुगु कति सम्भावना बाेकेकाे जिल्ला हाे संग्रहित तस्वीरहरुमा हेर्नुहोस् । तस्वीर साैजन्य कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु ।

नेपालीरैबार । २०७७ कार्तिक २२, शनिबार