हुम्लाका दुई सामुदायिक वनमा आगलागी, हजारौ विरुवा नष्ट

सिमकोट । हुम्लाका दुई सामुदायिक वनमा आगलागी हुदाँ हजारौ विरुवा नष्ट भएका छन् । सदरमुकाम सिमकोटको चेला र सिङमच्छिउ सामुदायिक वनमा आगलागी भएको हो । सिमकोट गाउँपालिका ४ को चेला र सिङमच्छिउ सामुदायिक वनमा भएकोआगलागीबाट दुई हजार बढि रुख विरुवा जलेर नष्ट भएका हुन्।

file photo

 

हावा बढि चलेको कारण आगालागी नियन्त्रणमा लिन नसकिँदा धेरै बोट बिरुवा जलेर नष्ट भएका छन् । डिभिजन वन कार्यालयमा वन रक्षक उब्न रावतका अनुसार आगालागीबाट तीन हेक्टर वनमा रहेका सल्लो, धुपी, उतिस, भोजपत्र र चिमलोका दुई हजार भन्दा बढि रुख तथा बिरुवा जलेर नष्ट भएका छन्।

उनले दुईवटा सामुदायिक वनमा पालेर राखिएका बिरुवा आगालागीबाट नष्ट भएको बताए। आगलागी नियन्त्रण गर्न प्रहरी, सेना, सशस्त्र प्रहरी वनका कर्मचारी र स्थानीयबासी ठूलो संख्यामा गए पनि हावा र भिरालो जमिनका कारण नियन्त्रण गर्न सकिएको थिएन ।

सुख्खा मौसम सुरु भएसँगै हुम्लामा आगलागीका घटना सुरु हुन थालेका छन्। सामुदायिक वनका सदस्य उग्रेन लामाले उक्त सामुदायिक वन २०५२ सालदेखि संरक्षण गरेर राखिएको बताए। सामुदायिक वनमा आगलागी हुँदा विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङ्गी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएको आशंका गरिएको छ। सिमकोट गाउँपालिका ६ का बालबालिकाले आगो लगाएको पत्ता लागेको छ ।

तपाईको प्रतिक्रिया