ग्राहकको रोजाईमा आईएमइ लाईफ ईन्स्योरेन्स, वीमा गरेर बनाउनुहोस् भविष्य सुरक्षित

सुर्खेत । पछिल्लो समय जीवन वीमा कम्पनीहरुबिच कडा प्रतिस्पर्धा भइरहेको छ । आआफ्नो कम्पनीमा वीमितको संख्या बढाउन कम्पनीका एजेण्टहरु मेहनतका साथ लागि परेका छन् । सबैजसो जीवन वीमा कम्पनीहरु आकर्षक कार्यक्रम सहित वीमितको घरदैलोमा पुग्ने गर्दछन् । तर ग्राहकहरु भने आफ्नै रोजाईमा परेको कम्पनीमा वीमा गर्ने गर्दछन् ।

यसैबिच पछिल्लो समय अधिकांश ग्राहकको रोजाईमा पर्न सफल आईएमइ लाईफ ईन्स्योरेन्सले वीमितको विश्वास जित्दै गएको छ । आईएमइ लाईफ ईन्स्योरेन्स कम्पनी स्थापनाको छोटो समयमा धेरै वीमित संख्या बढाएर सबैको मन जीत्न सफल भएको हो । हाल सुर्खेत सहित कर्णाली प्रदेशलाई मध्यनजर गरी काम गर्दै आएको आईएमइ लाईफ ईन्स्योरेन्स क्षेत्रिय शाखा कार्यालय सुर्खेतले पनि यहाँका नागरिकको मन जीत्न सफल भएको छ । सहजै नयाँ वीमितको रोजाईमा पर्न थालेको यस ईन्स्योरेन्सले आफ्ना कार्यक्रमलाई तिब्रता दिदै नयाँ र आकर्षक योजनाका साथमा हरेक वीमितसँग छलफल गर्दै आएको हो ।

वीमा कम्पनीले गरिरहेका काम र आगामी बाटोका बिषयमा छलफल गर्न शनिबार वीरेन्द्रनगरमा अभिकर्ता पुनर्ताजगी तालिम पनि सम्पन्न भयो । तालिमका अवसरमा सहभागी अभिकर्ताहरुले अन्य वीमा कम्पनी भन्दा आईएमइ लाईफ ईन्स्योरेन्सलाई नागरिकले सहजै विश्वास गर्ने बातावरण तय भएको बताए । अझँै पनि कर्णाली प्रदेशका अधिकांश नागरिकहरु वीमाको पहुँजमा नपुगेको भन्दै अब हरेक नागरिकलाई वीमाको पहुँचमा ल्याएर उनीहरुको भविष्य सुरक्षित गरिने अभिकर्ताहरुले अठोट व्यक्त गरे ।

तालिमको अवसरमा उत्कृष्ट अभिकर्ता, टिम लिडर, अभिभावक तथा कर्मचारीहरुलाई सम्मान पनि गरिएको छ । सम्मानपछि बोल्दै कम्पनीका एजेण्ट तथा अभिभावक खगेन्द्र अधिकारीले हाल समाजमा आईएमइ लाईफ ईन्स्योरेन्सको सेवा तथा सकारात्मक प्रभावका कारण नागरिकको मन जीत्न सफल भएको भन्दै सबै नागरिकलाई वीमाको दायरामा ल्याउन भुमिका खेल्ने बताए ।

ईन्स्योरेन्सका क्षेत्रिय शाखा प्रमुख धिरेन्द्रबहादुर शाहीका अनुसार कम्पनीले व्यक्तिगत र समूह बीमा समाधानको दायरामा रहेर ग्राहकहरूका विभिन्न आवश्यकताहरू जस्तै सुरक्षा, बचत, र लगानी पूरा गर्न थालेको छ । साथै उनले आफु र आफ्नो सन्ततीका लागि हरेक नागरिकले जीवन वीमा गर्न आवश्यक रहेको बताए ।

ईन्स्योरेन्सका प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले समाजमा जीवन वीमाको बारेमा चेतना बढाउनुका साथै जीवन वीमा उत्पादनहरु मार्फत नागरिकलाई वित्तीय सुरक्षा प्रोत्साहन गरेर देशको विकासमा योगदान पुर्‍याउने उदेश्यका साथ कम्पनीले काम गरेको बताए । संरक्षण, बचत, र लगानी जस्ता विभिन्न ग्राहकहरूको आवश्यकता पुरा गर्ने काम भइरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया