![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सल्यान । शारदा नगरपालिका–१ श्रीनगर बजार एक साताका लागि बन्द गरिएको छ । स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि श्रीनगर बजार बन्द गरिएको हो ।
श्रीनगरकै एक व्यापारीको कोरोना संक्रमणबाट मृत्यु भएको र उनका छोरालाई कोरोना पुष्टि यहीँ कार्तिक २९ गतेसम्म बन्द गरिएको शारदा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए ।
![](https://nepaliraibar.com/wp-content/uploads/2020/11/shreenagar-salyan.jpg)
उनकाअनुसार व्यापारीको कोहलपुरमा उपचारको क्रममा केही दिन अघि मात्रै मृत्यु भएको हो । ‘मृत्यु हुनुभएकाको छोरा पनि संक्रमित हुनुभएको छ, उहाँको कोहलपुरमै आइसोलेशनमा बस्नु भएको छ’ वडाध्यक्ष बुढाथोकीले भने, ‘श्रीनगरका केही व्यापारीहरुमा कोरोनासँग मिल्दाजुल्दा लक्ष्यण देखिएकाले उच्च सावधानी अपनाउन आजदेखि बन्द गरेका हौं ।’
शान्तिगर, श्रीनगर, शितलपाटीदेखि बेलधारीसम्म विहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको बुढाथोकीको भनाई छ । अत्यावश्यक सेवाहरु सञ्चालनमा भने कुनै रोकवाट नहुने उनले जानकारी दिए ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७७ कार्तिक २३, आईतवार