कालिकोट । स्थानीय स्तरमा उत्पादन हुने परम्परागत फूलहरु लोप हुदै गएका छन् । देख्दा राम्रो र किन्दा सस्तो पर्ने भएपछी कालिकोटमा पलाष्टिकका मालाहरु भित्रिन थालेका हुन् । तिहार नजिकिदै गर्दा सदरमुकाम मान्मबजार र स्थानीय हाटबजार क्षेत्रमा रहेका पसलहरुमा प्लास्टिकका फूलमालाले पसलहरु भरिपुर्ण देखिन्छन् ।
कालिकोटका स्थानीय स्तरमा पूलहरु उत्पादन भएपनी स्थानीय उत्पादनका फूलहरु भन्दा बनीबनाउका प्लाष्टिकका माला भित्राउन राम्रो हुने भन्दै पसलेहरुले प्लाष्टिकका मालाहरु भित्राएका हुन् । सदरमुकाम मान्म लगाएतका स्थानीय हाट बजारमा यस्ता खाले मालाहरु भित्राउन त ठिकै हो तर गाउँगाउँमा पनी प्लाष्टिक मालाहरु भित्¥याउदा स्थानीय स्तरमा उत्पादन भएका पूलहरु लोप हुदै गएको स्थानीयले बताएका छन् ।
कतिपयले घरायसी फूलहरु प्रयोग गर्नु राम्रो हुने र मान्यता धेरै हुने भएकाले प्लाष्टिकका मालाहरु किन्न छोडि सकेका छन् । अर्गानिक उत्पादन पुलहरुबाट बनाइएका मालाहरुको महत्व पनी त्यतिकै रहेको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले बताए । पालिका स्तरमा संचालन भएका पसलहरुमा प्लाष्टिकका मालाहरु कमै देखिन्छन् ।
यस्ता मालाहरु प्रयोग नगर्न र अर्गानिक उत्पादनका माला लगाउन आफ्ना नागरिकहरुलाई उनले आग्रह गरे । स्थानीय बजारमा प्लाष्टिकका एउटा मालाको मूल्य १०० देखि २०० सम्म पर्ने र हेर्दा राम्रो देखिने भएकाले यी मालाहरु बढि बिक्री हुने गरेको ब्यापारीहरुले बताएका छन् ।
नेपालीरैबार । २०७७ कार्तिक २७, बिहीबार