‘खुसी साट्दै रमाउने समय धेरै छ, तिहार मनाउँदा सावधानी अपनाउँ’

सुर्खेत । कोरोना माहामारीको कारण यस वर्ष तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाईएको छ । कोरोना माहामारीको चपेटामा परेका सबै क्षेत्र विस्तारै सावधानी पुर्वक खुल्न थालेपनि सार्वजनिक तथा नीजी क्षेत्रका कुनै पनि स्थानमा भिडभाड गर्न दिईएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले स्थानीयलाई सामाजिक दुरीको नियम पालना गर्दै सावधानी अपनाएर चाडपर्व मनाउन आग्रह गरेको छ । नगर उपप्रमुख मोहनमाया ढकालले शुभकामना सन्देश व्यक्त गर्दै यस वर्ष तिहार मनाउँदा स्वास्थ्यलाई ख्याल गर्न अनुरोध गरेकी छन् ।

‘कोरोना महामारीको अन्त्य भएपछि सबैसँग खुसी साट्ने र रमाइलो गर्ने समय हामीसँंग प्रयाप्त हुनेछ । त्यसकारण यो वर्ष तिहार पनि मनाउ स्वास्थ्यलाई पनि ख्याल गरौं’ उनले भनिन्, ‘हाम्रो यही साबधानी र कोरोना विरुद्धको सचेतताले उल्लेख्य क्षति पनि व्यहोर्नुपरेको छैन । तर चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न नछोडौ ।’

यो वर्ष कोरोना महामारीसँग जुध्दै दैनिक जीवन संचालन गर्नुपरेको भन्दै तीज, इद, दशैं जस्तै तिहार र छठ पर्वमा पनि स्वास्थ सजकता अपनाउन उनको सुझाब छ ।

‘तिहारलाई दिपावली तथा फूलैफूलको वर्षको रुपमा लिइन्छ । तिहार पर्व मानव जातिको मात्र नभई विभिन्न जनावरहरुको समेत पुजागरेर मनाइने पर्व हो’ उनले थपिन्, ‘यो पर्वले विगतमा भएका आपसी वैमनस्यतालाई आत्मियतामा परिणत गरिदिन्छ । तर कोरोनाका कारण यस वर्षको तिहारलाई घरमै सिमित गर्न अनुरोध गर्दछु ।’

देउसी, भैलो खेल्ने साथिभाइ, आफन्त, जमघट हुने चाहाना सबैलाई भएपनि कोरोनाका कारणले त्यो गर्ने परिस्थितिमा नभएको उनले बताइन् । साथै उनले नेपालीको मौलिक तिथिमिति झल्काउने नयाँ साल अर्थात नेपाल सम्वत् ११४१ को पनि शुभकामना व्यत्तल गरिन् ।

तपाईको प्रतिक्रिया