काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ६४ अंक भन्दा धेरैले बढेको छ । साताको चौथौं कारोबार दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८८ अंकमा पुगेको हो ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । सेन्सेटिभ इन्डेक्स १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३४ अंकमा पुगेको छ । कारोबार रकम ५ अर्ब नाघेको छ भने ३ वटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ । शिवम् सिमेन्ट, एनएमबि माइक्रोफाइनान्स र बिशाल बजार कम्पनीको सेयर मूल्इ १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।
दिनभर भएका ४० हजार ७ सय ६५ कारोबारबाट १९६ कम्पनीका १ करोड ४४ लाख १८ हजार १ सय २० कित्ता सेयर किनबेच भएका छन् । जसबाट ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बुधबार नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल १ दशमलव ०२ अंकले ओरालो लागेको छ भने बाँकी सबै समूहहरु बढेर हिरयो देखिएका छन् । सबैभन्दा धेरै व्यापार ७ दशमलव ९३ प्रतिशत अर्थात १ सय ७९ दशमलव ९९ अंकले बढेको छ ।
यसैगरी बैंकिङ ४०।४ अंकले, विकास बैंक २९।१८, जलविद्युत् २४।७८, फाइनान्स १५।२८, निर्जिबन जीवन बिमा ३१६।६९, उत्पादनमूलक ३००।३३, लघुवित्त १०६।८६ र जीवन बिमा १९०।४३ अंकले उकालो लागेको छ ।
नेपालीरैबार । २०७७ मंसिर १०, बुधबार